सिटी एक्सप्रेस पनि कनेक्ट आईपिएसमा आबद्ध, बैंक भुक्तानी सहज हुने



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर र्बैक भुक्तानी प्रणाली सेवा सुरु भएको छ ।

उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपिएस मार्फत ८० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुबाट हुनेछ । उक्त सेवा अन्तर्गत अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रेमिटान्स कारोबारहरु कनेक्ट आइपिएस इ पेमेन्ट मार्फत रियल टाइम र एनसिएचएल– आइपिएस मार्फत तोकिएको सीमामा उक्त कारोबारहरु भुक्तानी गर्न सकिनेछ ।

अव बैंक भुक्तानी कार्यहरु धेरै सहज र सरल हुने विश्वास गरिएको छ । उक्त सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र सिटि एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरेका छन् । सिटी एक्सप्रेसले बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु