टान निर्वाचनमा थापा र सुवेदी प्यानल बनाएर भिड्दै, कस्ले मार्ला बाजी ?



काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा अन्तर्गतका दुई समूहले उम्मेदवारी दर्ता गरेका छन् ।

भदौ २० गते हुने निर्वाचनमा नेकपा निकट कुमार थापा र कांगे्रस निकट खुम सुवेदीले प्यानल बनाएर निर्वाचनमा होमिएका छन् ।
थापा र सुवेदीले प्यानल घोषणा गरेर निर्वाचनमा होमिएका छन् ।

नेकपा निकट थापा प्यानलबाट बरिष्ठ उपाध्यक्षमा ऋषि नेपाल, प्रथम उपाध्यक्ष प्रकाशचन्द्र देबकोटा, द्वितीय उपाध्यक्ष तेञ्जिङ शेर्पा, महासचिव सरिता लामा, सचिव दामोदर ढकाल, कोषाध्यक्ष टेक खकुराल र सह–कोषाध्यक्षमा प्रदीप पाण्डे छन् ।

यस्तै सदस्यहरुमा रघु पौडेल, निमा डिकी शेर्पा, मिङ्मा शेर्पा, प्रेमबहादुर लामा, सुनिल सिलवाल र कृष्ण गोपाल श्रेष्ठ रहेका छन् ।

यस्तै, सुवेदीको प्यानलबाट बरिष्ठ उपाध्यक्ष नविन त्रिताल, प्रथम उपाध्यक्ष चोलेन्द्र बहादुर कार्की, द्वितीय उपाध्यक्ष भरत सापकोटा, महासचिव कर्मा शेर्पा, सचिवमा प्रदीप घिमिरे, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सह–कोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ छन ।

निर्वाचनमा सदस्यहरु केशवप्रसाद दाहाल, खोमराज अधिकारी, कान्छा शेर्पा, सिम्बिर घले र सोनाम ग्याल्जेन शेर्पा छन् ।

पदयात्रा व्यवसायीको लागि गर्व गर्न लायक टान बनाउने थापाको भनाइ छ ।

दुबै जनाले पदयात्रा क्षेत्रलाई व्यवस्थित बनाउने प्रतिबद्धतासहित निर्वाचनमा होमिएका छन् । यता सुवेदीले पदयात्रा व्यावसायीहरुको आवाज बुलन्द पार्न आफू भूमिका अब्बल रहने बताउँदै आएका छन् ।


क्लिकमान्डु