१ लाख ४० हजारमै बुलेट बाइक



काठमाडौं । सस्तो मूल्यमा बाइक किन्न चाहनुहुन्छ भने तपाईका लागि अवसर आएको छ । नेपालगञ्ज भन्सार कार्यालयले ३० वटा नयाँ बाइक लिलामीमा राखेको छ ।

जसको मूल्य ३० हजार रुपैयाँदेखि १ लाख ७५ हजार रुपैयाँसम्म तोकिएको छ ।

भन्सारका अनुसार छली चोरी निकासी÷पौठारी लगायतका विभिन्न् अभियोगमा विभिन्न मितिमा यस कार्यालयमा प्रतिवेदनसहित दाखिल भएका र जफत गरिएका सवारी बिक्रीमा राखिएको हो ।

इच्छुक व्यक्ति, फर्म वा संस्थाबाट सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र गोप्य सिलबन्दीबाट बोलकबोल आव्हान गरिएको छ ।

आफूले कबोल गरेको रकमको १० प्रतिशत रकम रकम कोष तथा लेखा नियन्त्रक कार्यालय, नेपालगञ्ज, बाँकेको राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न सकिनेछ ।


क्लिकमान्डु