क्याप्टेन रामेश्वर थापा तेस्रो पटक एओएएन अध्यक्षमा चयन, सेफ्टीस्तर बढाउने प्रतिबद्धता



काठमाडौं । निजी क्षेत्रका वायुसेवाको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन)को अध्यक्षमा क्याप्टेन रामेश्वर थापा चयन भएका छन् ।

शुक्रबार संघको १९ औं वार्षिक साधारणले थापाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा यति एयरलाइन्सका अनोज रिमाल, द्वितिय उपाध्यक्षमा सौर्य एयरलाइन्सका गोपाल भट्टराई चयन भएका छन् ।

त्यस्तै, महासचिवमा समिट एयरका मनोज कार्की, सचिवमा मनाङ एयरका राजु न्यौपाने र कोषाध्यक्षमा बुद्ध एयरका रुपेश जोशी चयन भएका छन् ।

नयाँ कार्यसमितिको सदस्यहरुमा दीपक जे.वि. राणा समिट हेलिकप्टर्स, योगराज कँडेल शर्मा हेलिएभरेष्ट, बालकृष्ण पण्डित एयर डाइनेष्टि हेलि सर्भिसेज, नीमा नुरु शेर्पा अल्टिच्यूड एयर, बरुण ज्ञवाली कैलाश हेलिकप्टर, सुवास अमात्य प्रभू हेलिकप्टर र प्रज्वलथापा सिम्रिक एयरलाइन्स चयन भएका छन् ।

निर्वाचित अध्यक्ष थापाले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

उनले सरकारी निकायसँग आवश्यक समन्वय, समर्थन तथा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दै भ्रमण वर्ष सफल बनाउन सरकारी निकाय तथा भ्रमण वर्ष सचिवालयसँग आवश्यक सहकार्य गर्न पनि तयार रहेको बताए ।

उनले आफ्नो कार्यकालमा वायुसेवाको सेफ्टीस्तरलाई अझै उचाईमा पुर्याउने र नेपाली वायुसेवाको सुरक्षा सुदृढीकरणलाई बढीभन्दा बढी विश्वासिलो बनाउनका लागि काम गर्ने बताए ।

क्याप्टेन थापा नेपाली हवाई क्षेत्रमा विगत दुई दशकदेखि हेलिकप्टर कम्पनी सञ्चालन गर्दै आएका छन् । थापा सन् २००२ देखि हेलिकप्टर प्रशिक्षक पाइलटका रुपमा समेत क्रियाशिल छन् । उनी यसअघि पनि दुई कार्यकाल संघको अध्यक्ष भइसकेका छन् ।


क्लिकमान्डु