महिन्द्राको मराज्जो र एक्सयुभि ३०० गाडी बने आकर्षण, यस्ता छन विशेषता (भिडियो)



काठमाडौं । राजधानीको भृकुटीपण्डपमा चलिरहेको नाडा अटो शोमा के–के छन नयाँ गाडी ? यो एक गाडी पारखीहरुबीचको चासोको विषय बनेको छ । त्यहीँ चासो पूरा गर्नका लागि महिन्द्रा कम्पनीले मराज्जो र एक्सयुभि ३०० मोडलका दुइवटा नयाँ गाडी सार्वजनिक गरेको छ ।

महिन्द्राका यी नयाँ गाडी हेर्न अवलोकनकर्ताहरुको भीड लागेको छ । देख्दा निकै आकर्षक बनेका यी गाडी निकै आरामदायी रहेको कम्पनीको दाबी छ । एक्युभि ३०० गाडी पेट्रोल र डिजल भेरियन्टमा उपलब्ध छन । पेट्रोल भेरियन्ट १२०० सीसी क्षमतामा उपलब्ध छ भने डिजल भेरियन्टको क्षमता १५०० सीसी छ ।

महिन्द्राले सार्वजनिक गरेका यी गाडीको नयाँ विशेषतामा फ्रन्ट सेन्सर पार्किङ छ । एक्सयुभि ३०० को सिट क्षमता ५ जना छ भने मराज्जोमा ७ जनाको सिट क्षमता रहेको छ ।

विस्तृत भिडियोमा हेर्नुहोस :


क्लिकमान्डु