३ वर्ष कुर्नुहोस्, अझै सस्तो हुँदैछ इलेक्ट्रिक गाडी



काठमाडौं ।  पर्यावरणीय हिसाबले राम्रो मानिने इलेक्ट्रिक कार पेट्रो तथा डिजलको तुलनामा महंगो पर्छ ।

विश्वबजारमा पेट्रोल र डिजलको विकल्पका रुपमा हेरिएको यो कार मूल्यका हिसाबले महंगो हुँदा आम मानिसको पहुँचभन्दा अलिक टाढा नै छ । यस परिवर्तनका लागि हालै सरकारले विद्युतीय सवारीका लागि प्रोत्साहन गर्ने नीति लिएको छ । जसमध्ये राजधानीमा चार्जिङ स्टेसन निर्माणका लागि कार्यविधि समेत बनाइसकेको छ ।

आगामी ५ वर्षसम्ममा राजधानीका सडकमा ई-सवारी गुडेको देख्न सकिन्छ भनेर विश्वास गर्ने आधार छन् । यसले नेपाल जस्तो देशका लागि अन्य देशमा तेलको आयातमा आश्रित सवारीको विकल्प हुन पुग्छ । जहाँसम्म विद्युतको विषय छ, आगामी वर्षसम्म नेपाललाई पुग्ने विद्युत उत्पादन भइ निर्यात समेत गर्न पुग्छ । यस्तो अवस्थामा सरकारले विद्युतीय चार्जिङ स्टेसन बनाइदिने हो भने यस्ता सवारीमा आकर्षण बढ्ने देखिन्छ ।

ई-सवारी महंगो भयो भन्ने विषयमा भने भारतका नीति आयोगका सीईओ इलेक्ट्रिक कारको महंगो मूल्यका विषयमा बोल्दै ३ वर्ष जतिमा मूल्य सस्तिने बताएका छन् ।

‘३/४ वर्षमा पेट्रोल तथा डिजल कारकै मूल्य बराबर भइसक्छ, मूल्य गिरावटको मूख्य कारण ब्याट्रीको मूल्यमा आउने कमीका कारण हुनेछ’ उनले भने ।

भारतमा प्रतिव्यक्ती १ हजार जनामा २८ वटा कार छन् । अमेरिकाको हकमा ९८० जनामा ८५० वटा कार छन् । यसको अर्थ शहरीकरणको प्रक्रियामा भारत र नेपालको भविष्य इलेक्ट्रिक, सेयसर्ड तथा कनेक्टेड टेक्नोलोजमा आधारित हुनेछ भन्न सकिन्छ ।

मूल्य सस्तो हुनुमा २७६ डलर प्रति केडब्ल्यूएचबाट घटृर ७६ डलरमा आइपुगेको छ । त्यसैले इलेक्ट्रिक कारको मूल्य ३/४ वषमा अन्य सवारीको मूल्य बराबरमा आइपुग्छ ।

इ-सवारीमा खास गरी लिथियम आयन ब्याट्रीको प्रयोग हुन्छ । भारतमा सस्तो भएपछि नेपालमा पनि गाडीको मूल्य सस्तो भने हुन्छ


क्लिकमान्डु