सुजुकीका ४ वटा गाडीमा अवलोकनकर्ताको भिड, यस्ता छन् विशेषता र मूल्य (भिडियो)




काठमाडौ । राजधानीको भृकुटीमण्डपमा गाडीको महाकुम्भ मेलाका रुपमा चिनिने नाडा अटो शो-२०१९ चलिरहेको छ । उक्त शोमा विभिन्न कम्पनीका गाडी, बाइक, स्कुटरहरु प्रदर्शनमा राखिएको छ । शोमा रहेका विभिन्न आर्कषणमध्येको एक बनेको छ सुजुकीको स्टल ।

नाडा अटो शो शुरु भएको २ दिनमा सुजुकीले ४ वटा नयाँ मोडलका गाडी सार्वजनिक गरिसकेको छ । सार्वजनिक भएका गाडीहरुमा एसक्रस, सियाज, अर्टिका र एक्सएलसिक्स छन् । सुजुकीले एक्सएलसिक्स गाडी बुधबार सार्वजनिक गरेको हो ।

५ जनाको सिट क्षमता रहेको सियाज कार सियाज डेल्टा, सियाज जेटा र सियाज अल्फा गरी ३ मोडलमा पाइने कम्पनीले जनाएको छ । त्यसैगरी अवलोकनकर्ताको नजर खिचेको अर्को कार हो एसक्रस । यो पनि ५ जना सिट क्षमताको गाडी हो । निकै आकर्षक देखिने यो गाडी पनि एसक्रस डेल्टा, एसक्रस जेटा र एसक्रस अल्फा गरी ३ वटा मोडलमा उपलब्ध छ ।

सुजुकीको स्टलमा मूख्य आकर्षण बनेको अर्का गाडी हो ७ जनाको सिट क्षमता भएको अर्टिगा । स्मार्ट हाइब्रिड सिस्टममा बनेको यो गाडी पनि विभिन्न तीन मोडलमा उपलब्ध हुनेछ । ८ सय ३ लिटर बुटस्पेस रहेको यो गाडीको लम्बाई ४९९५ एमएम रहेको छ भने चौडाई १७३५ एमएम रहेको छ । १६९० एमएम उचाइ रहेको यो गाडी निकै आकर्षक छ र फेमिलि ड्राइभका लागि उपयुक्त रहेको छ ।

त्यसैगरी आज सार्वजनिक गरिएको एचएलसिक्स गाडीमा ६ जनाको सिट क्षमता रहेको छ भने दोस्रो रोमा क्याप्टेन सिटको समेत डिजाइन गरि बनाइएको छ भने रेयर सिट पनि आरामदायी रहेका छन । अन्य गाडीको तुलनाका यो थप प्रिमियम मोडलमा तयार गरिएको छ ।

नाटा अटो शो मा राखिएका यी गाडीकोको मूल्यमा छुट समेत दिने व्यवस्था गरिएको छ । सियाजको मूल्य ३८ लाख २८ हजार, एसक्रसको ४२ लाख ९९ हजार र अर्टिकाको ३८ लाख ९९ हजार कायम गरिएको छ ।

स्टलमा सुजुकीकाे भिटारा ब्रेजा गाडी पनि राखिएकाे छ तर याे पहिलेनै बजारमा आएको हुँदा अवलाेकनकर्ता विशेषगरी नयाँ माेडलका गाडीमा झुम्मिएकाे देखिन्छ ।

विस्तृत जानकारीको लागि भिडियो हेर्नुहोस:


क्लिकमान्डु