कुमारी बैंकले १० प्रतिशत बोनस सेयर दिने
काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले यस्तो घोषणा गरेको हो । बैंकको चुक्ता पुँजी ८ अर्ब ६८ करोड ५५ लाख रुपैयाँ छ । जसको १० प्रतिशत भनेको ८६ करोड ८५ लाख ५७ हजार रुपैयाँ हो ।
बोनस सेयरको कर प्रयोजनका लागि बैंकले ०.५२ प्रतिशत अर्थात् ४ करोड ५७ लाख रुपैयाँ नगद लाभांस पनि दिने घोषणा गरेको छ । सञ्चालक समितिको उक्त निर्णय राष्ट्र बैंक र बैंककै आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिनेछ ।