अझै धेरै छुटसहित सुजुकीले ल्यायो ‘पर्वोत्सव योजना’




काठमाडौं । मंगलबारदेखि राजधानीमा सुरु भएको नाडा अटो शो तथा नेपालीहरुको महान पर्व दशैं तथा तिहारको अवसरमा सुजुकीले आकर्षक योजना ल्याएको छ । यसवर्ष कम्पनीले सुजुकी पर्वाेत्सव योजनालाई सधैंझैं अगाडि सारेको छ ।

हरेक वर्ष सुजुकीको आफ्नो पर्वाेत्सव योजनामा विभिन्न विशेषताहरुले भरिपूर्ण गर्दै आएको छ । यसवर्ष पनि कम्पनीले विशेष बनाएको छ ।

यो योजना नेपाली अटोमोबाइलको उद्योगमा उत्कृष्ट सुरुवात भएको कम्पनीको दाबी छ । जुन नाडा अटो शोदेखि प्रारम्भ भई दशैं तिहारसम्म लागू हुनेछ ।

नेपाली समाजमा चाड पर्वमा नयाँ गाडी घर भित्र्याइने गरिन्छ । सुजुकीको पर्वोत्सवले सुजुकीका सबै मोडेलहरुको लागि एउटा वेस्ट डिलका रुपमा स्थापित कम्पनीले विश्वास लिएको छ ।

यसवर्ष सुजुकी पर्वोत्सव योजनामा २ लाख रुपैयाँसम्मको नगद छुट, अधिकतम १ लाख रुपैयाँसम्मको एक्स्चेन्ज बोनस, इ-स्क्र्याच सिस्टममार्फत अधिकतम १ लाख रुपैयाँसम्मको थप छुट तथा १ वर्ष सम्मको सवारी कर निःशुल्क प्राप्त गर्न सकिने छ ।

यसका साथै नाडा अवधिभर नडा स्टल नं ए १० मा गई सुजुकी गाडी खरिद गर्दा अधिकतम ५० हजार रुपैयाँसम्मको विशेष छुट पनि प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

यसका साथै नाडा अटो शोको अवसरमा कम्पनीले आफ्ना उत्कृष्ट मोडेलहरु प्रदर्शन गरेको छ । यस वर्ष सुजुकीले स्मार्ट हाइब्रिड कार प्रस्तुत गरेको छ, । नाडा अटो शोमा कम्पनीले एरटिगा, कियाज, र एस क्रस गरी तीन मोडेलका गाडी पनि विक्रीमा राखेको छ ।

जसको खरिद मूल्य क्रमशः ३८ लाख ९९ हजार रुपैयाँ, ३८ लाख २९ हजार रुपैयाँ तथा ४२ लाख ९९ हजार रुपैयाँ छ ।

यस कारले उपभोक्ताहरुको वातावरणमैत्री अटोमोबाइल्सप्रतिको धारणालाई परिवर्तन समेत गर्ने विश्वास लिइएको छ ।

हाइब्रिड कार डिजेल इन्जिनका साथसाथै वातावरणमैत्री विद्युतीय कारका रुपमा विकसित गरिएको छ । दुई प्रकारका इन्जिनहरुबाट न्यूनतम इन्धनमा धेरै दूरी तय गर्न सकिन्छ ।

हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ ।

यस्ता कारहरुमा अधिकांश समय इलेक्ट्रिक मोटरले कार्य गर्दछ भने बाटोको अवस्था हेरी इन्जिनले पनि कार्य गर्दछ ।

त्यसैले यस्तो कारमा इन्धन ज्यादै नै कम खपत हुन्छ । अर्थात कहिले ब्याट्रिको मात्र खपत हुन्छ भने कहिले ब्याट्रिको साथसाथै इन्धनको पनि खपत हुने गर्दछ । ब्यट्रीले मात्र इन्जिनमा शक्ति पु¥याउन नसकेको अवस्थामा इन्धन इन्जिनले सहयोग गर्दछ ।

हाइब्रिड कारमा रहेको इलेक्ट्रिक मोटर ब्याट्रीमा जोडिएको हुन्छ । यसले गर्दा हाइब्रिड प्रविधिबाट इन्जिनको क्षमता बढाउन सकिन्छ ।

साधारण कारमा जव ब्रेक लगाइन्छ त्यस अवस्थामा काइनेटिक इनर्जी खेर जान्छ तर हाइब्रिड प्रविधियुक्त कारमा जब ब्रेक लगाइन्छ त्यस अवस्थामा उत्पन्न भएको काइनेटिक इनर्जीले हाइब्रिड कारमा भएको ब्याट्री चार्ज हुन्छ ।

वातावरणमैत्री हाइब्रिड कारले ग्राहकलाई असीमित यात्राको स्वतन्त्रता प्रदान गर्दछ । योजना बिना नै पनि कतै यात्रा गर्नुपरेको त्यस्तो यात्रालाई कतै मोड्नु पर्दैन नत चार्जिङको तनाव नै व्यहोर्नु पर्नेहुन्छ । यात्रा गर्दा कुन विकल्पलाई छनौट गर्ने भन्ने कुरा चालक आफैले तय गर्न सक्नुहुने छ ।


क्लिकमान्डु