टाटाको एच-५ गाडी ५६ लाख ५५ हजारमा पाइने, यस्ता छन् विशेषता (भिडियो)



काठमाडौं । टाटा मोटर्सको पछिल्लो उत्पादनु एच ५ नेपालमा सार्वजनिक भएको छ । सिप्रदी ट्रेडिङले नाडा अटो शो–२०१९ मा सार्वजनिक गरेको उक्त गाडीकोे सुरुवाति मूल्य ५६ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

आज सार्वजनिक भएको गाडीमा एक्स इ भेरियन्टको मूल्य ५६ लाख ५५ हजार, एक्स एमको ४४ लाख ५५ हजार , एक्स टीको ६९ लाख ५५ हजार र एक्स जेडको ७४ लाख ५५ हजार रुपैयाँ मूल्य कायम गरिएको सिप्रडी ट्रेडिङले जनाएको छ ।

गाडीमा रहेका विभिन्न विशेषताहरुमध्ये एक हो २०५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । एच ५ को लम्बाई ४५९८ एमएम, चौडाई १८९४ एमएम, उचाई १७१४ एमएम रहेको छ ।

टाटाको एच–५ नाडा अटो शोको एक आकर्षण बनेको छ र अवलोकनकर्ताहरु उक्त गाडीमा झुम्मिएका छन ।

सिप्रदी ट्रेडिङले २५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म लिएर एच ५ को बुकिङ्ग केही दिन अगाडि खुलाएको थियो भने कार बुकिङ्ग गर्ने ग्राहकले बुकिङ्ग पश्चात कार खरिद नचाहेको खन्डमा १२० प्रतिशत रकम फिर्ता दिने च्यालेन्ज योजना समेत ल्याएको थियो ।

५ सिट क्षमता रहेको उक्त गाडी ल्यान्ड रोभरको डी–८ आर्किटेक्चरबाट डिराइभ गरिएको कम्पनीले जनाएको छ ।

भिडियोमा हेर्नुहोस


क्लिकमान्डु