फेरि बढ्यो सुनको मूल्य, अहिलेसम्मकै उच्च




काठमाडौं । सुनको मूल्य फेरि बढेको छ । बजारमा सुनको मूल्यमा भएको लगातार वृद्धिले अहिलेसम्मकै उच्च विन्दु छोएको छ ।

आइतबार बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सबैभन्दा उच्च मूल्य गत साउन ३१ गते भएको थियो ।

तत्कालिन समयमा सुनको भाउ प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यसपछि केही घटेको सुनको मूल्य भदौ ४ गते बढेर ७१ हजार ३ सयमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य पनि बढेको छ । आइतबार तेजावी सुनको मूल्य ७१ हजार २ सय पुगेको छ ।त्यस्तै, चाँदीको मूल्य पनि एक तोलामा २५ रुपैयाँले बढेर ८५० पुगेको छ ।


क्लिकमान्डु