संकटमा एयर इन्डियाः पैसा नतिरेपछि इन्धन आपूर्ति रोकियो



नयाँ दिल्ली । भारतको सरकारी एयरलाइन्स कम्पनी एयर इन्डिया आर्थिक संकटमा फसेको छ । गत बिहीबार भारतको ६ वटा विमानस्थलमा पैसा नतिरेपछि इन्धन आपूर्तिमा रोक लगाएका छन् । भारतीय सरकारी तेल कम्पनी इन्डियन आयलको नेतृत्वमा एयर इन्डियाको तेल आपूर्ति रोकिएको हो ।

इन्धन आपूर्ति रोकिएपछि उडान नै रद्द गर्नुपर्ने अवस्था आएपछि आपतकालिन रुपमा एयर इन्डियाको व्यवस्थापनले ६० करोड भारतीय रुपैयाँ इन्डियन आयललाई भुक्तान गरेको थियो ।

कर्जा संकटमा जुटेको एयर इन्डियाको यस्ता थिए पोस्टर विज्ञापन

९० दिनसम्म भुक्तानीको समय तेल कम्पनीले दिने भएपनि इन्डियन एयरलाइन्सले २०० दिनसम्म पनि पैसा भुक्तानी गर्न सकेको छैन ।

भारतमा यसअघि निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनी जेट एयरवेज टाट पल्टेको छ । भारत सरकारको लगानी रहेको एयर इन्डियाको शतप्रतिशत सेयर बिक्री गर्ने योजना मोदी सरकारले सार्वजनिक गरेपनि खरिदकर्ता भने आएका छैनन् । एयर इन्डियाको वित्तीय अवस्था समेत राम्रो छैन ।ऐजेन्सी


क्लिकमान्डु