कर्जा संकटमा जुटेको एयर इन्डियाको यस्ता थिए पोस्टर विज्ञापन



भारत सरकारले केही समय अगाडी भारतको ध्वजावाहक विमान एअर इन्डिया बेच्ने बताएको थियो ।

तर, अहिले आएर सरकारले उक्त निर्णय हाल लागु नगर्ने बताएको छ । आर्थिक संकटको सामना गरिरहेको एअर इन्डियाको ७६ प्रतिशत शेयर विक्री गर्ने बताईएको थियो । सरकारको यस्तो घोषणापछि एअर इन्डियाको जन्मदाता टाटा कम्पनी सहित अन्य धेरै विमानसेवा प्रदायक कम्पनी एअर इण्डिया खरिद गर्ने तयारीमा जुटेका थिए ।

अहिले भारत सरकारले एअर इन्डियाको आर्थिक अवस्थामा सुधार भईरहेको बताएको छ । भविष्यमा कम्पनीको खर्च कटौतिका अन्य उपाय पनि अवलम्बन गर्ने बताएको छ । आर्थिक संकटको सामना गरिहेको एअर इन्डियाका खर्च घटाउनका लागि डोमेस्टीक उडानमा नन भेज खाना रोकिएको थियो । एअर इन्डियाको यो कदम पछि नीजी क्षेत्रका विमान कम्पनीले माशांहारी खाना दिन्छौ भन्दै विज्ञापन गरेका थिए ।

एअर इन्डियाको स्थापना सन् १९३२ मा जे आर डी टाटाले टाटा एअरलाइन्सको नाममा गरेका थिए । सन् १९४८मा टाटा एअरलाइन्सबाट एअर इण्डिया नामाकारण गरिएको थयो । सन् १९५३ मा यो विमान सरकारी बनाइएको थियो ।

यहाँ टाटा एअरलाइन्स सन् ६० को दशकमा उत्कृष्ट एअरलाईन्सको रुपमा परिचित थियो ।

वार्षिक २० प्रतिशतका दरले बढिरहेको विमान बजारमा एयर इण्डिया पुनः स्थापित हुन ठूलो कर्जाका साथै सञ्चालनमै पुनः संरचना गर्नुपर्ने आवाज भारतमा उठेको थियो ।

एयर एण्डियाले कर्मचारीको तलब पनि तिर्न बाँकी छ भने इन्धनको पुरानो बिल तिर्न नसक्दा केही समय उसका उडान समेत रोकिएका थिए ।

एयर इण्डिया र उसका २६ कर्जादाता बैैंकबीच ४ अर्ब डलरको वर्किङ क्यापिटलमा समेत विवाद देखिएको थियो ।

हेर्नुहोस कुनै समय चर्चाको शिखरमा रहेको एअर इण्डियाका विज्ञापन पोष्टर ।


क्लिकमान्डु