स्वस्तिमा र प्रदिप खड्का टिभिएस एनर्टक १२५ स्कुटरको ब्राण्ड एम्बेसेडर



काठमाडौं । कलाकार स्वस्तिमा खड्का र प्रदिप खड्कालाई टिभिएस मोटर कम्पनीले टिभिएस एनर्टक १२५ को ब्राण्ड एम्बेसेडरमा अनुमोदन गरेको छ ।

टिभिएस मोटर र नेपालको लागि टिभिएसको दुई पाङग्रे सवारी साधनको अधिकृत वितरक जगदम्बा मोटर्सले खड्का द्वयलाई ब्राण्ड एम्बेसेडरमा अनुमोदन गरेको हो ।

जेन जेडलाई लक्षित टिभिएस एनर्टक १२५ मा विशेष प्रविधि प्लयाटर्फम रहेको छ । नेपालमा भएका स्कुटर मध्ये यो पहिलो कनेक्टेड स्कुटर हो । यो स्कुटरमा स्टेट–अफ–आर्ट सिभिटीआई–आरईभीभी ३ भल्भ इन्जिन रहेको छ ।

जगदम्बाले अघिल्लो वर्ष नेपालमा पहिलो स्पार्टी स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ सार्वजनिक भएको थियो ।

कार्यक्रममा अभिनेत्री स्वस्तमा खड्काले टिभिएससँग आफु गतवर्ष देखि नै जोडिएको बताइन । उक्त स्कुटरको स्टाइलिस लुक र स्मार्ट विशेषताका साथै यो विभिन्न रंगमा पाइने भएकोले आफू मोहित भएको बताइन ।

एनर्टक १२५ स्कुटरबारे यसो भन्छिन् स्वस्तिमा

एनर्टक १२५ मा नयाँ जेनेरेशनको सिभिटिआई–आरईभिभि १२४.७९ सिसि, सिंगल सिलिण्डर ४ स्ट्रोक, ३ भल्भ, एयर कुल एसओएचसी इन्जिन रहेको छ । इन्जिनमा भएको थप भल्भहरुले प्रदर्शन उच्च बनाउन मद्दत गर्ने जनाइएको छ । एक्जस्ट नोटमा प्रति घण्टा ९५ किलो मिटर उच्च गति दिने कम्पनीले जनाएको छ ।

एनर्टक १२५ स्कुटरबारे यसो भन्छन् प्रदिप

स्कुटरमा स्मार्ट ब्लुटुथ यनेबल्ड प्रविधि रहेको छ जुन एनटर्क मोबाइल एपसँग जोडिएको छ । यो प्ले स्टोरबाट डाउनलोड पनि गर्न सकिने छ ।


क्लिकमान्डु