बजाजको चाडपर्व अफर- १ लाखसम्म नगद छुट

क्लिकमान्डु २०७६ भदौ ५ गते १८:१३ मा प्रकाशित

काठमाडौं । दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘अब कति जितिन्छ पहिल्यै देखिन्छ’ भन्ने नारासहित ‘बजाज भविष्यवाणी’ सार्वजनिक गरेको छ ।

दशैं र तिहार चाडपर्वको अवसरमा बजाजले ग्राहकहरुलाई मोटरसाइकल किन्नु भन्दा अगाडि र किने पछि कति रकम जितिन्छ भनेर पहिल्यै थाहा पाउने अवसर प्रदान गरेको छ ।

बजाजको भविष्यवाणी क्याम्पेनमा ग्राहकहरुले बजाज मोटरसाइकल किन्नु अगाडि स्क्रयाच कार्ड प्राप्त गर्नेछन् जसमार्फत उनीहरुले १ लाखसम्मको सियोर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन् साथै उनीहरुले बजाज मोटरसाइकलको खरिद पश्चात फेरी अर्को स्क्रयाच कार्ड प्राप्त गर्नेछन् जसमा उनीहरुले १ लाखसम्मको नगद छुट पाउनेछन् ।

यस योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरेर मोटरसाइकल किन्नु अगाडि नै १ लाखसम्मको नगद जित्न सक्छन् साथै खरिद गरेपछि पनि १ लाखसम्म नगद जित्न सक्छन् ।

यस योजनाको शुभराम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउदै आएको छ । हामी ग्राहकहरुको खुसीको कारण हुन पाएकोमा निकै प्रसन्न छौं र यस चाडपर्वमा उनीहरुको उत्सवको हिस्सा बन्नका लागि बजाज भविष्यवाणी उत्तम रहेको छ । यस अफरमार्फत ग्राहकहरुले मोटरसाइकल खरिद गर्नुभन्दा अगाडि नै सियोर सट डिस्काउन्ट थाहा पाउनेछन् साथै खरिद गरेपछि फेरि नगद छुट प्राप्त गर्नेछन् । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस क्याम्पेनबाट निकै खुसी हुनेछन् ।’

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स