बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन मन्त्रिपरिषदबाट पारित, बैंकर र व्यवसायी छुट्याउने



काठमाडौं । मन्त्रिपरिषद्को बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक पारित गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७६ पहिलो संशोधनलाई पास गर्दै संघीय संसदमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले बाफियाको मस्यौदा मन्त्रिपरिषदमा दर्ता गरे, कति कैंची चलाए ?

यस्तै सरकारले नेपाल राष्ट्र बैंक ऐन तेस्रो संसोधन विधेयक २०७६ समेत पारित गर्दै संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ ।
बाफियामा बैंकर र व्यवसायी छुट्याउने प्रावधान राखिएको छ ।

संघीय संसदमा पेश भएपछि विधेयकमा अर्थसमितिमा दफावार छलफल हुने छ । यसपछि विधेयक पारित हुने छ ।


क्लिकमान्डु