गाडी किन्न वाणिज्य बैंकको सस्तो ब्याजदर, कुन बैंकबाट ऋण लिँदा कति पर्छ किस्ता ? (सूचिसहित)



काठमाडौं । सवारी साधनहरुको सर्वाधिक ठूलो मेला ‘नाडा अटो सो २०१९’ आगामी भदौ १० गतेदेखि काठमाडौंको भृकृटी मण्डपमा हुँदैछ । अटो मेलामा गाडी खरिद गर्न चाहनेलाई लक्षित गरेर बैंकहरुले आ-आफ्नै ब्याजदर स्किम सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।

ग्राहकलाई सवारी किन्न सहुलियत दिन १२ वटा वाणिज्य बैंक र १ विकास बैंकले उक्त अटो मेलामा भाग लिने तयारी गरेका हुन् ।

गत वर्षको अटो मेलामा भन्दा यो वर्ष भने सवारी किन्ने ग्राहकहरुको लागि ब्याजदर केही सस्तो पर्न आउने देखिएको छ । राष्ट्र बैंकको नियमअनुसार हाल गाडीको मूल्यको ५० प्रतिशतसम्म अटो लोन बैंकहरुले दिइरहेका छन् भने उपलब्ध कर्जाको ब्याजदर भने बेसरेटमा ३ देखि ७ प्रतिशतसम्म जोडेर तोक्ने गर्छन् ।

मध्यमवर्गले लिने गाडी ३० लाख रुपैयाँसम्मको हो । यद्यपि नेपाली बजारमा महंगा गाडी पनि छन् । ३० लाख रुपैयाँ पर्ने विभिन्न मोडलका गाडी खरिद गर्नका लागि कति ब्याजदर पर्ला । यसको बारेमा हामीले जानकारी दिने प्रयास गरेका छौ ।

गाडीको मूल्यअनुसार इएमआई फरक पर्छ । हामीले कुनैपनि ग्राहकले ३० लाख रुपैयाँ पर्ने गाडी खरिद गर्दा मासिक रुपमा कति किस्ता बुझाउनुपर्छ त्यसको जानकारी दिन लागेको हो । कर्जाको अवधि ६ वर्ष राखेर किस्ताको हिसाब निकालिएको छ । ३० लाख रुपैयाँ मूल्य पर्ने गाडी खरिदका लागि १५ लाख रुपैयाँ मात्र ऋण पाइन्छ ।

एनसीसी बैंकमा ऋण लिँदा मासिक ग्राहकले ३१ हजार ९४ रुपैयाँ सवारी कर्जाको किस्ता बुझाउनुपर्ने छ ।

यसैगरी ३० लाख रुपैयाँसम्मकै सवारीमा १५ लाख रुपैयाँसम्म डाउनपेमेन्ट गरे पश्चात कुमारी बैंकमा ६ वर्षेका लागि मासिक ३४ हजार ९ सय ११ रुपैयाँसम्म मासिक किस्ता बुझाउने गरी १५ लाख रुपैयाँसम्म सवारी कर्जा बैंकले उपलब्ध गराउने छ ।

पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले २८ वटै वाणिज्य बैंकमध्ये सबैभन्दा सस्तोमा सवारी कर्जा उपलब्ध गराउँदै आएको छ । बैंकले १५ लाख रूपैयाँसम्मको सवारी कर्जा ६ वर्षका लागि २७ हजार ४ सय १२ रुपैयाँ, ७ वर्षको लागि २४ हजार ५ सय १६ र ८ वर्षका लागि २२ हजार ३ सय ६६ रुपैयाँ मासिक किस्ता बुझाउने गरी उपलब्ध गराउने छ ।

यस्तै, सिद्धार्थ बैंकले १५ लाख रुपैयाँसम्मको सवारी कर्जा ६ वर्षका लागि ३२ हजार १ सय ८४ रुपैयाँ मासिक किस्ता बुझाउनु पर्ने गरी उपलब्ध गराउने छ भने नेपाल बंगलादेश बैंकले मासिक ३२ हजार ६ सय १२ रुपैयाँ मासिक किस्ता बुझाउने गरी १५ लाख रुपैयाँसम्मको सवारी कर्जा दिने जनाइएको छ ।

मासिक ३१ हजार ३ सय ४४ रुपैयाँ किस्ता बुझाउने गरी ग्लोवल आइएमइ बैंकले १५ लाख रुपैयाँसम्मको सवारी कर्जा ग्राहकहरुलाई वितरण गर्ने छ भने १५ लाख रुपैयाँसम्मको सवारी कर्जा ६ वर्षका लागि सानिमा बैंकले ३१ हजार ९ सय ९४ रुपैयाँ, बैंक अफ काठमाडौंले ३२ हजार ५ सय २१ रुपैयाँ, एनएमबी बैंकले ३२ हजार ४ सय २२ रुपैयाँ, प्राइम कर्मसियल बैंकले ३१ हजार ७ सय ४२ रुपैयाँ, एनआइसी एशिया बैंकले ३२ हजार ८ सय ३६ रुपैयाँ, लक्ष्मी बैंकले ३२ हजार ७ सय ९४ रुपैयाँ र सिभिल बैंकले ३२ हजार ६ सय २९ रुपैयाँ मासिक किस्ता बुझाउने गरी सवारी कर्जा उपलब्ध गराउँछ ।

बैंकहरुबाट सर्वसाधारणले सबैभन्दा सजिलो र छिटो पाउने कर्जा भनेको सवारी कर्जा नै हो । वेसरेटमा सेवाशुल्क थप गरी बैंकहरुले नयाँ सवारी किन्न चाहने ग्राहकका लागि अटो कम्पनीसँग सम्वन्य गरी विभिन्न स्किमसहित सवारी कर्जा दिइरहेका हुन्छन् ।

कुनै पनि कम्पनीको ३० लाख रुपैयाँसम्मको सवारी खरिद गर्दा १५ लाख रुपैयाँ डाउन पेमेन्ट गरी १५ लाख रुपैयाँसम्मको सवारी कर्जा सेञ्चुरी कर्मर्सियल बैंकले ६ वर्षको लागि मासिक ३२ हजार ८ सय ३ रुपैयाँ किस्ता भुक्तानी गर्ने गरी उपलब्ध गराइरहेको छ ।

यस्तै, सोही परिमाणको कर्जा ६ वर्षको लागि नविल बैंकले ३० हजार ९ सय ८१ रुपैयाँ मासिक किस्ता भूक्तानीमा, स्टाण्डर्ड चार्टर्ड २९ हजार ८ सय १९ रुपैयाँ, माछापुच्छ्रे् बैंकले ३२ हजार ८ सय ४४ रुपैयाँ, सिटिजन्स बैंकले ३३ हजार ८ सय ६ रुपैयाँ, प्रभु बैंकले ३१ हजार १ सय ९९ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले ३१ हजार ५ सय ७९ रुपैयाँ, हिमालयन बैंकले ३१ हजार ३ सय ५२ रुपैयाँ पर्छ ।

नेपाल एसबिआई बैंकले ३१ हजार ८ सय ९७ रुपैयाँ, एभरेष्ट बैंकले २८ हजार ५ सय ८२ रपैयाँ, मेघा बैंकले ३२ हजार ७ सय ३ रुपैयाँ, जनता बैंकले ३२ हजार ४ सय ९६ रुपैयाँ, नेपाल बैंकले २९ हजार ४ सय ३५ रुपैयाँ, सनराइज बैंकले ३० हजार ७६ रुपैयाँ र कृषि विकास बैंकले २९ हजार रुपैयाँ मासिक किस्ता बुझाउने गरी १५ लाख रुपैयाँसम्मको सवारी कर्जा उपलब्ध गराउने छ ।

नोटः बैंकको बेसरेटमा अधिक्तम ब्याजदर जोडेर यो हिसाब निकालिएको हुँदा ऋणीले भने सोभन्दा सस्तो ब्याजदरमा ऋण पाउने हुँदा इएमआई रकम फरक पर्न सक्छ ।


क्लिकमान्डु