कुर्सी भाँच्चिएर सांसद पछारिएपछि अर्थ समितिले ल्यायो नयाँ कुर्सी (फोटोफिचर)



काठमाडौं । संघीय संसद् अन्तर्गतको अर्थसमितिको गत भदौ २ गतेको बैठकमा सांसद घनश्याम भुसाल पछारिए । बैठक चलिरहेको बेलामा कमसल कुर्सी भाँच्चिएर भुसाल लडेका थिए ।

त्यो घटनापछि सांसदहरुले कुर्सी परिवर्तन गर्नुपर्ने माग उठाए । त्यसको २ दिनपछि नै समितिले पुराना सबै कुर्सी हटाएर नयाँ कुर्सी ल्याएको छ ।

संसदभित्रै कुर्सी भाँच्चिएर सांसद घनश्याम भुसाल लडेपछि…

भुसाल बैठक बसिरहेको समयमा पछारिएको पहिलो घटना भने होइन ।

यसअघि समितिको बैठकमा सचिव सुरेन्द्र अर्याल बसेको कुर्सी पनि भाँचिएको थियो । उनी बस्दा कुर्सी भाँचिएपनि कुर्सी फेर्न संघीय संसद सचिवालयले कुनै चासो देखाएको थिएन ।

त्यति मात्र कहाँ होर ? गत साउन ३० गते बसेको बैठकमा एक जना क्यामरा पर्सन पत्रकार पनि बस्नासाथ कुर्सी भाँचिएको थियो । त्यो बेलामा पनि कुर्सी फेर्न कुनै ध्यान दिइएन ।

जब सांसद नै बसिरहेको कुर्सी २ गते भाँच्चियो र भुसाल पछारिए त्यसको २ दिन पछि ४ गते सबै कुर्सीहरु फेरिएको छ ।

भदौ ४ गते राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन-२०५२ लाई संशोधन गर्न बनेको विद्येयकमाथिको छलफल हुने थियो ।

त्यो दिन बैंठक सूरु हुनु अगावै बैठक कक्षको उत्तरतर्फ आमन्त्रीत बस्ने र दक्षिणतर्फ सांसदहरु बस्ने ठाँउमा कुर्सी फेरिएको गरिएको थियो ।

बाँकी रहेको केही कुर्सी भने बैठक सकिएपछि भने कुर्सी फेरिएको गरिएको हो ।

केही कुर्सी भाँचिएपनि राम्रा (बस्न हुने) कुर्सी पनि फेरिएको गरिएको छ । पहिला सांसदहरु प्लास्टिकको घुम्ने कुर्सीमा बस्ने गरेकोमा अब भने आल्मुनियम मेटलको नघुम्ने कुर्सीमा बस्नुपर्ने भएको छ ।


क्लिकमान्डु