अख्तियार प्रमुखले भने- अख्तियारको हिरासत भरियो, राख्ने ठाँउ छैन



काठमाडौं । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले १ हजार ५०० बढी भ्रष्टाचारको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

आयोगका अध्यक्ष नविनकुमार घिमिरेले आयोगले अहिले ती विषयमा अनुसन्धान प्रक्रिया अघि बढाइएको बताएका छन् ।

मंगलबार आयोजित एक कार्यक्रममा उनले भने, ‘आयोगले गत आवमा आयोगकै इतिहासमा नै अहिलेसम्म सबैभन्दा बढी ३५१ मुद्दा विशेष अदालतमा दायर गरिएको छ ।’

ती मुद्दामध्ये ८८ प्रतिशतमा नतिजा सकारात्मक आइरहेको उनको भनाइ छ । झण्डै २०० जना अनुसन्धानको दायरामा आएको उनले बताए ।

आयोगको हिरासत खचाखच भइरहेको बताउँदै उनले भने, ‘हामीलाई अहिले हिरासत व्यवस्थापान गर्न कठीन भएको छ ।’


क्लिकमान्डु