सरकारी कर्मचारीलाई सुविधा कम, सस्तो मूल्यमा खाद्यान्य किन्न दिनुपर्ने माग



काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद् महेन्द्र यादवले सरकारी कर्मचारी सुविधा बढाउन माग गरेका छन् ।

प्रतिनिधिसभामा मन्त्रीसँग सोधिने प्रश्नको सत्रमा राजपा सांसद् यादवले सरकारी कर्मचारीहरुलाई तलब बृद्धिसँगै राशन कार्ड मार्फत सहुलियत दरमा खाद्यान्य खरिद,उपचारमा छुट तथा कर्मचारीका छोराछोरीलाई पढाई तथा उपचारमा सहुलियत हुनुपर्ने माग गरे ।

उनले कर्मचारी अभावको कारण प्रदेश र स्थानीय तहले काम गर्न नसकेको बताए ।

यादवको प्रश्नमा जवाफ दिदै सामान्य प्रशासनमन्त्री लालबाबु पन्डितले सरकारले कर्मचारीको तलब यो वर्ष बढाएको र तत्काल राशन कार्ड मार्फत सहुलियत दिन सक्ने अवस्था नभएको बताए । उनले कानूनमा भएको व्यवस्था अनुसार सुविधा दिएको बताए ।

संघिय निजामति ऐन बन्ने क्रममा रहेको र कर्मचारी समायोजनसँगै प्रदेश र स्थानीय तहमा कर्मचारीको अभाव हट्ने उनले बताए ।


क्लिकमान्डु