श्री एयरलाइन्सले ल्यायो नयाँ जहाज, १० दिनपछि अर्को जहाज ल्याउने



काठमाडौं । श्री एयरलाइन्सले आइतबार नयाँ जहाज ल्याएको छ ।

क्यू४०० टर्बोप्रोब जहाज आइतबार त्रिभुवन विमानस्थलमा आइपुगेको कम्पनीका बजार प्रबन्धक अनिल मानन्धरले क्लिकमाण्डूलाई जानकारी दिए ।

कम्पनीले सोही मोडेलको अर्को जहाज १० दिनपछि ल्याउने मानन्धरले जानकारी दिए ।

उनले भने, ‘आइतबार एउटा जहाज आयो, अर्को जहाज १० दिनपछि आउँछ, क्यानबाट अनुमति पाएपछि उडान सुरु गर्छौ ।’

उनका अनुसार उक्त जहाज पोखरा र चितवनमा उडान गरिनेछ ।

आइतबार आएको जहाजसँगै श्री एयरलाइन्ससँग जहाजको संख्या ५ पुगेको छ ।


क्लिकमान्डु