प्रधानमन्त्रीले भने- गैँडा इज नट राइनो




काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पर्यटन विकासका लागि हवाई कनेक्टिभिटी महत्वपूर्ण भएको बताएका छन् ।

सोमबारदेखि सोल्टी होटलमो सुरु ५६ हवाई सुरक्षा सम्मेलनको उद्घाटनका क्रममा समृद्ध नेपालका लागि हवाई कनेन्टिभिटी महत्वपूर्ण रहेको बताएका छन् ।

उनले भने, ‘हामी समृद्ध नेपाल सुखी नेपालीको सपना लिएर अगाडि बढेका छौं, समृद्धि भएर मात्रै हुँदैन सुखी हुनका लागि सुरक्षालगायतका कुराहरु पनि पर्छन् ।’

नेपाल संसारको सबैभन्दा सुन्दर देश रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाल स्रोतको खानी भएको समेत बताए ।

गैँडाको विषयमा बोल्दै ओलीले गैँडालाई राइनो भन्न नहुने बताए । उनले भने, ‘राइनो इज नट राइनो, राइनो इज गैँडा, त्यसैले सबैले गैँडालाई राइनो भन्नुपर्छ ।’

त्यस्तै प्रधानमन्त्रीले माउण्ट एभरेष्टलाई पनि नेपाली नाम सगरमाथा भनिनु पर्ने बताएका छन् ।

मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्र महत्वपूर्ण रहेको बताउँदै ओलीले अहिले मुलुक ऐन नियम बनाउने क्रममा रहेको र अब पर्यटन क्षेत्रको विकासका लागि लाग्नु पर्ने बताए ।

उनले भने, ‘संविधान बनिसकेपछि ३५ वटा ऐन निर्माण १६५ भन्दा बढी ऐन संशोधन गरिएको छ, अब समृद्ध नेपालका लागि लाग्नुपर्छ ।’

सोमबारदेखि ५ दिनसम्म चल्ने सम्मेलनमा हवाई सुरक्षा सम्बन्धि छलफल हुनेछ । जसले एसिया प्यासिफिक क्षेत्रमा हवाई सुरक्षा सम्बन्धि कार्यपत्र तथा जानकारी पत्र प्रस्तुत हुनेछन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्ययन संस्था (आइकाओ) स्थपनाको ७५ औं वर्षगाँठका अवसरमा नेपालमा आयोजित सम्मेलनमा ४३ देशका २९१ प्रतिनिधि, २६ वटा प्रबद्र्धक संस्था तथा अन्य सहभागी गरी करिब ४०० जना विदेशी सहभागि छन् ।

उद्घाटनका क्रममा आइकाओले ७५ वर्षगाँठको अवसरमा बनाएको विशेष झण्डालाई सन् २०१९ मे २३ मा सगरमाथामा पुर्याइएको थियो ।

उक्त झण्डा सगरमाथाको चुचुरोमा पुर्याउने १३ पटक सगरमाथा आरोहण गरिरहेका पासाङ तेञ्जी शेर्पाले आइकाओका अध्यक्ष ओलिमुयीवा मेनार्ड अलियूलाई हस्तान्तरण गरेका थिए ।

सम्मेलनले हवाई सुरक्षा सम्बन्धि सुझाव तयार पार्नेछ । जसलाई आगामी अक्टोबरमा हुने आइकाओको महासभामा प्रस्तुत गरिनेछ ।


क्लिकमान्डु