काठमाडौंमा ५ दिने एसिया प्रशान्त क्षेत्रीय हवाई महानिर्देशकको सम्मेलन हुँदै, ४०० भन्दा बढी सहभागी हुने



काठमाडौं । काठमाडौंमा भोलिदेखि ५ दिनसम्म एसिया प्रशान्त क्षेत्रीय हवाई महानिर्देशक सम्मेलन हुनेछ भएको छ ।

आइतबार नागरिक उड्ययन प्राधिकरण (क्यान)मा आयोजित पत्रकार सम्मेलनमा अगस्ट १९ देखि २३ तारिखसम्म सम्मेलन हुने जानकारी दिइयो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघठनले हरेक वर्ष विभिन्न आफ्नो रिजनमा हवाई महानिर्देशकको सम्मेलन गर्दै आएको छ ।
सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

नेपालमा आयोजना हुन लागेको यो सम्मेलन तेस्रो पटक हो । यसअघि १४ औं सम्मेलन सन् १९७८ र ३४ औं सम्मेलन १९९८ मा सम्पन्न गरिसकेको छ ।

आइकाओले हरेक वर्ष एसिया प्यासिफिक रिजनमा पनि सम्मेलन गर्छ । यो ५६ औं सम्मेलन हो ।

यसमा एसिया एन्ड प्यासिफिक रिजनका ४६ देशमध्ये ३४ वटा देश सम्मेलनमा सहभागी हुनेछन् ।

त्यसबाहेक १६ वटा संस्था, २८६ वटा विदेशी प्रतिनिधी तथा ३३ वटा नेपाली प्रतिनिधी सहभागी हुँदैछन ।

एसिया प्यासिफिक रिजनमा एभिएसन सेप्mटी, एयर नेभिगेएसन, एयर सेक्युरिटी एण्ड फ्यासिलिएसन, इकोनोमी डेभ्लोप्मेन्ट अफ एयर ट्रान्सपोर्ट, एभिएसन इन्भारोमेन्ट, टेक्निक एण्ड रिजनल कर्पोरेसन, बेइजिङ डिकेलिरिएसन, आइकाओ अपडेट, गरी १२ वटा एजेण्डामा ५ दिन छलफल केन्द्रित हुनेछ ।

सम्मेलनमा सुरक्षा, फ्यासिलिटी, एयर नेगिगेसनमा एयर कार्गा, इकोनोमिक ग्रोथ, वातावराणका क्षेत्रमा छलफल गर्छ ।

सम्मेलनमा अघिल्लो वर्ष भएका छलफलको कार्यान्वयनको अवस्थाको मूल्यांकन गरिन्छ ।

आइकाओबाट नीतिगत रुपमा हुने काममा सुझाव प्रदान गर्छ । सम्मेलनबाट प्राप्त सुझाव आगामी अक्टोबरमा हुने आइकाओको महासभामा प्रस्तुत गरिने क्यानका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

उनले भने, ‘सम्मेलनमा यस क्षेत्रमा भएका समस्यालाई सुझावका रुपमा प्रस्तुत गरिन्छ, जसलाई अक्टोबरमा हुने आईकाओको महासभामा विश्वका १९३ देशबाट प्राप्त सुझाव प्रस्तुत गरी छलफल गरिन्छ ।’

सम्मेलनमा सहभागी राष्ट्रहरुले आ–आफ्नो एजेण्डाबारे कार्यपत्र तथा जानकारी पत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलन आयोजनाका लागि ६ करोड रुपैयाँ खर्च हुने क्यानले जानकारी दिएको छ ।


क्लिकमान्डु