शिवम् सिमेन्टको नाफा ३१.४८ प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । शिवम सिमेन्टले गत आवको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।शिवमले गत आवको सोहि अवधिमा १ अर्ब ५० करोड ३२ लाख ४३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको सोहि अवधिमा शिवमको नाफा ३१.४८ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोहि अवधिमा १ अर्ब १४ करोड ३२ लाख ७५ हजार रुपैयाँ नाफा रहेको थियो ।

कम्पनीले ११ अर्ब ३४ करोड ५१ लख १४ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आवको सोहि अवधिमा १० अर्ब २६ करोड ५० लाख ६४ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोहि अवधिमा बिक्री लागत पनि बढेको छ । अघिल्लो आवको सोहि अवधिमा ६ अर्ब ८१ करोड ७३ लाख १४ हजार रुपैयाँ रहेकोमा गत आवको चौथो त्रैमासमा आईपुग्दा ७ अर्ब २७ करोड ७५ लाख ३० हजार रुपैयाँ रहेको छ ।

शिवमको सेयर पुँजी ४ अर्ब ४० करोड रुपैयाँ सेयर पुँजी रहेको छ भने ९३ करोड ९७ लाख ५९ हजार रुपैयाँ सेयर प्रिमियम रहेको छ । प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १६ पैसा रहेको शिवमको प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ६० पैसा रहेको छ ।


क्लिकमान्डु