पर्यटनमन्त्री भट्टराईले भने- निजगढ विमानस्थलमा २४ लाख होइन, २ लाख मात्रै रुख काटिन्छन




काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थल निर्माणका लागि २४ लाख रुख काट्ने हल्ला मात्रै भएको बताएका छन् ।

बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले २४ लाख रुख काट्ने भनेर अन्तर्राष्ट्रिय समूदायलाई उचाल्ने काम मात्रै भएको बताए ।

उनले भने, ‘निजगढ विमानस्थल निर्माणका लागि २ लाख रुख मात्रै काटिन्छन्, २४ लाख रुख काट्ने भन्ने हल्ला मात्रै हो ।’

बाराको निजगढको विकल्पको नभएको भन्दै काठमाडौंको विमानस्थल नै सरह भएको दोहोर्याए । उनले भने, ‘निजगढको विमानस्थल बनाउनका लागि हामी प्राथमिकताका साथ लागेका छौं, यसको विकल्प छैन ।’

भट्टराईले विमानस्थल निर्माणका लागि पीपीपी मोडलमा जानका लागि अहिले ७ वटा देशका कम्पनीहरुसँग छलफल भइरहेको बताए ।

लगानी बोर्डसँग छलफल भइरहेको बताउँदै मन्त्री भट्टराईले भने, ‘लगानी बोर्डले ती कम्पनीहरुको छानबिन गर्न र निर्णय गर्छ ।’

उनका अनुसार पर्यटनसँगै सम्बन्धित मन्त्रालयले पूर्वाधार उपलब्ध गराउने, जमिन उपलब्ध गराउने र बस्ती हटाउने र रुख काट्ने काम गर्छ, अन्य काम बोर्डको निर्णय अनुसार हुन्छ ।’

लगानीबोर्डले निर्णय गरेपछि मन्त्रिपरिषद्को निर्णयबाट कुन कम्पनीलाई दिने भन्ने निर्णय हुने उनले बताए ।


क्लिकमान्डु