भारतीय बैंकका सीइओभन्दा नेपाली बैंकका सिइओ महंगा



काठमाडौं । नेपाली अर्थतन्त्रको आकार ३४ अर्ब अमेरिकी डलरको हो । ३४ बिलियन अमेरिकी डलर । अब भारतको अर्थतन्त्रको आकारलाई हेरौ । भारतको अर्थतन्त्रको आकार २.६१ ट्रिलियन अमेरिकी डलर छ ।

विश्वको छैटौं ठूलो अर्थतन्त्रको आकार भएको भारतका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले लिएको तलबको तुलनामा नेपाली वाणिज्य बैंकका लिएको तलबभने अत्याधिक बढी देखिएको छ ।

भारतमा सबैभन्दा बढी तलब लिने बैंकको प्रमुख कार्यकारी अधिकृतमा एचडिफएसी बैंकका प्रवन्ध निर्देशक आदित्य पुरी हुन् । उनको मासिक तलब ८९ लाख भारतीय रुपैयाँ छ । वार्षिक रुपमा उनले तलब बापत पाउने १० करोड ६८ लाख रुपैयाँको तलब हो । यसलाई नेपालीमा रुपान्तरण गर्दा पुरीले वार्षिक रुपमा पाउने तलब १७ करोड ८ लाख रुपैयाँ हो ।

बैंकका सीइओको कमाइ कति हुन्छ ? यी हुन् नेपालकै महंगा १० सीइओ

अब नेपाली बैंकमा सबैभन्दा बढी तलब लिने प्रमुख कार्यकारी अधिकृतको बारेमा हेरौ ।

आर्थिक वर्ष २०७४/७५ को वार्षिक विवरण अनुसार सबैभन्दा बढी तलब खाने प्रमुख कार्यकारी अधिकृतमा नेपाल इन्भेष्टमेन्ट बैंकका ज्योति पाण्डे हुन् ।

पाण्डेलाई बैंकले मासिक रुपमा २२ लाख ९१ हजार ६६ रुपैयाँको तलब सुविधा दिएको छ । पाण्डेले वर्षमा १ करोड ४ लाख ७८ हजार रुपैयाँ तलब १ करोड ३० लाख रुपैयाँ भत्ता,१९ लाख ५९ हजार दशैं भत्ता र १० लाख १० हजार रुपैयाँ गरेर सो वर्ष २ करोड ६५ लाख १० हजार रुपैयाँ सुविधा लिएका छन् ।

एचडिएफसी बैंकले गतवर्ष ५८.८५ अर्ब भारतीय रुपैयाँ नाफा गरेको थियो । नेपाली रुपैयाँमा रुपान्तरण गर्दा नाफा ९४ अर्ब १६ करोड रुपैयाँ हुन्छ । एचडिएफसीले ९४ अर्ब १६ करोड रुपैयाँ नाफा गर्दा १७ करोड ८ लाख रुपैयाँ सिइओलाई तबल सुविधा दिएको छ । अर्थात बैंकको आम्दानीमा ०.००१८ प्रतिशत हिस्सा सिइओको तलब सुविधामा खर्च भएको छ ।

अब नेपाल इन्भेष्टमेन्ट बैंकको नाफालाई हेरौ । नेपाल इन्भेष्टमेन्ट बैंक नेपालमा बढी नाफा कमाउने बैंकमा नै पर्छ भने सेयरधनीलाई आकर्षक लाभांश दिने बैंकमा पर्छ । बैंकले २०७४/७५ मा ३ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको थियो । अर्थात नाफाको ०.००७४ प्रतिशत पाण्डेले बैंकबाट तलब लिएका थिए ।

नेपालमा दोस्रो ठूलो तलब स्टाण्डर्ड चाटर्ड बैंकका जोसेफ सिल्भानुसले लिएका थिए । उनले बैंकबाट २ करोड २१ लाख रुपैयाँ लिएका थिए ।

बैंकले सो वर्ष २ अर्ब १८ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले गरेको नाफाको आधारमा बैंकले सिइओलाई दिएको राम्रो नै तलब दिएको छ । जबकी स्टाण्डर्ड चाटर्ड बैंक इन्डियाले नाफाको आधारमा दिने तलब यहाभन्दा आकर्षक देखिदैन । चाटर्ड इन्डियाकी जरिन दरुवाला बढी तलब लिने बैंकको सिइओको सूचिमा नाम नै छैन ।

यी हुन भारतमा सबैभन्दा बढी तलब खाने बैंकका सीइओ

भारतमा दोस्रो बढी तलब लिने सिइओमा एक्सिस बैंकका सीइओ अभिताव चौधरी छन् । उनको मासिक तलब ३० लाख भारतीय रुपैयाँ रहेको छ । उनले वर्षमा ५ करोड ७६ लाख तलब बुझ्ने गरेका छन् । जबकी एक्सिस बैंकको नाफा ४६ अर्ब ७६ करोड गरेको छ । नेपालीमा रुपान्तरण गार्द ७४ अर्ब ८१ करोड रुपैयाँ हुन्छ । यसरी एक्सिसले नाफामा ०.०००७६ प्रतिशत मात्र सिइओको तलबमा खर्च गरेको छ ।

सिभिल बैंकले आर्थिक वर्ष २०७४/७५ मा तत्कालिन सिइओ किशोर महर्जनलाई १ करोड ६६ लाख तलब दिएको थियो । जबकी सो बैंकको नाफा सबैभन्दा कम थियो ।

सिइओको तलब कति दिने त्यो बैंकको संचालक समिति र सीइओबीचको कुरा मात्र होइन । बैंक निक्षेपकर्ताको पैसामा चल्ने हुँदा नै विश्वभर यसको प्रश्न उठ्ने गरेको छ ।

नेपाल पनि हालका अर्थमन्त्री डा युवराज खतिवडा गभर्नर हुँदा सिइओको तलब तोक्ने नै निर्देशिका ल्याएपनि त्यो कार्यान्वयन भएन ।

नोटः भारतमा कतिपय बैंकका सीइओ लगानीकर्ता र सेयरधारक रहेको हुँदा उनीहरुले लाभांश वापत तलबभन्दा बढी पैसा बुझ्ने गरेका छन् ।


क्लिकमान्डु