यी हुन भारतमा सबैभन्दा बढी तलब खाने बैंकका सीइओ



बैंकका कर्मचारीको तलब सुविधा बढी हुन्छ । नेपालमा होस् या अन्य देशमा बैंकका प्रमुख कार्यकारी अधिकृतले खाने तलबको चर्चा निकै नै हुन्छ ।

भारतका बैंकहरुमा सबैभन्दा बढी तलब खाने सीइओमा आदित्य पुरी पहिलो स्थानमा रहेका छन् ।

बैंकका सीइओको कमाइ कति हुन्छ ? यी हुन् नेपालकै महंगा १० सीइओ

इकोनोमिक्स टाइम्सले सार्वजनिक गरेको तथ्यांक अनुसार एजडिएफसी बैंकका प्रवन्ध निर्देशक आदित्य पुरीले आर्थिक वर्ष २०१८/१९ मा मासिक ८९ लाख भारतीय रुपैयाँ तलब लिएका थिए । २५ वर्ष अगाडि पुरीको नेतृत्वमा नै बैंक स्थापना भएको थियो ।

दोस्रो स्थानमा एक्सिस बैंकका सीइओ अभिताभ चौधरी रहेका छन् । उनको मासिक तलब ३० लाख रुपैयाँ रहेको छ । कोटक महिन्द्र बैंकका सीइओ उदय कोटक २७ लाख रुपैयाँ मासिक तलब सुविधाका साथ तेस्रो स्थानमा रहेका छन् ।

चौथो सूचिमा आइसिआईसी बैंकका सन्दिप बक्षीं रहेका छन् । उनको मासिक तलब २२ लाख भारतीय रुपैयाँ रहेको छ ।

पाँचौं स्थानमा इन्डुस्ल्याण्ड बैंकका सीइओ रोमेश सोबिटी रहेका छन् । उनको मासिक तलब १६ लाख भारु रहेका छ ।


क्लिकमान्डु