तिलिचोभन्दा पनि उचाईमा मनाङमा भेटियो अर्को ताल (तस्बिरहरू)




काठमाडौं । मनाङ जिल्लामा केही समय अगाडि नयाँ ताल रहेको पत्ता लागेको छ । काजिन सारा ताल सबैभन्दा उच्च स्थानमा भएको ताल हुन सक्ने अनुमान गरिएको छ ।

अहिले सबैभन्दा उच्च स्थानमा रहेको तालमा तिलिचो ताल छ । जसको उचाई ४९१९ मिटर छ । तर, काजिन सारा ताल ५२०० मिटर उचाइमा रहेको अनुमान गरिएको छ ।
यद्यपि आधिकारिक पुष्टि भने भएको छैन् ।

यो ताल केही महिना अघि पदयात्रीहरुले पत्ता लगाएका थिए । यो ताल चामे गाउँपालिकाको सिंगरखर्क क्षेत्रमा अवस्थित छ ।

‘ताल १५०० मिटर लम्बाइ र ६०० मिटर चौडाइमा छ साथै यो ५२०० मिटर उचाइमा छ, यद्यपि आधिकारिक पृष्टि भने भएको छैन’ चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले भने ।

यो ताल हिमालको हिउँ पग्लेर बनेको हो । चारैतिर हिउँले ढाकिएको पहाडले घेरिएको तालको पूर्वमा मनास्लु हिमाल, पश्चिममा दामोदर हिमाल, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल र उत्तरमा तिब्बतको पेरी हिमाल पर्दछन् ।

मनाङको सदरमूकामबाट १८ किलोमिटरको दूरीमा र चामेदेखि २४ किलोमिटरको दूरीमा छ ।

जुलाई महिनादेखि नोभेम्बर महिनासम्म यो क्षेत्रमा पदयात्राका लागि राम्रो सिजन मानिन्छ ।

ताल पत्ता लागेपछि यसले त्यहाँको पर्यटनमा पनि टेवा पुर्याउने विश्वास लिइएको छ ।


क्लिकमान्डु