भारतमा अटो क्षेत्रमा व्यापक मन्दी, ३ लाखले जागिर गुमाए




काठमाडौं । भारतमा यति बेला अटो क्षेत्रमा निकै सुुस्तता छाएको छ । त्यही सुस्तताले गदौ करिब तीन लाख पचास हजार जनाले जागिर गुमाएका छन ।

चेन्नाईको अम्बाटचर इन्डस्ट्रियल इस्टेटका जोन पिटरलाई यो अवस्थाले निकै समस्यामा पार्यो । विगत पाँच महिनामा उनको कारोबारमा ९० प्रतिशतले कमि आएको छ । उनले भारतीय मिडियालाई भनेका छन– आजको अवस्थामा न त मैले कामदारलाई तलब दिन सक्छु न त ऋण तिर्न सक्छु । अहिलेकोे अवस्था निकै गाह«ो छ, के गर्ने भन्ने अन्योलमा छु । बैंकले अहिले हाम्रोमा व्यापार छैन भन्दा सुन्दैनन बरु घर आएर थर्काउछन ।

ओभरटाइम सुविधा नभएपछि अहिले कामदारको आम्दानीमा एक तिहाइले कमि आउदा परिवार पाल्न समेत समस्या परेको छ ।
विगत ३० वर्षदेखि ब्रेक कम्पोनेन्ट उत्पादन गर्दै आएका एन्ड्रीउ रन्जित कुमारको व्यापारमा समेत ७० प्रतिशतले कमि आएको बताउँछन ।

उक्त औद्योगिक क्षेत्रमा रहेका करिब २ हजार अटो युनिटले तीन लाख जनालाई रोजगारी दिएका छन । उद्योगले सरकारको हस्तक्षेप समेत व्यहोरेका छन ।

सरकारले जिएसटीलाई २८ प्रतिशतबाट घटाएर १८ प्रतिशतम र साना ठेकेकारहरुका लागि १८ प्रतिशतबाट ५ प्रतिशतमा झानुपर्ने उद्योगीहरुको माग छ ।

अटो क्षेत्रमा देखिएको यो अवस्थाबाट ३ लाख ५० हजार जागिर प्रभावित भएकाे विभिन्न एजेन्सीहरूले जनाएका छन ।


क्लिकमान्डु