१२ महिनामा १३ बैंकको नाफा २९ अर्ब ७५ करोड, कुनले कति कमाए ? (सूचिसहित)



काठमाडौं । गत आर्थिक वर्षमा १३ वटा वाणिज्य बैंकले २९ अर्ब ७५ करोड ३३ लाख ४४ हजार रुपैयाँ नाफा कमाएका छन् । आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ मा २३.०८ प्रतिशतले बढेको छ ।

आव २०७४/७५ को चौथो त्रैमासमा १३ वटा बैंकको नाफना २४ अर्ब १७ करोड २३ लाख १६ रुपैयाँ नाफा रहेको छ । शुक्रबारसम्म अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्ने १३ वाणिज्य बैंकमध्ये प्रभु बैंकको नाफा वृद्धि सबैभन्दा बढी देखिन्छ । अघिल्लो आवको तुलनामा बैंकको नाफा १ सय १२.०४ प्रतिशतले बढेको छ ।

आव ०७४/०७५ मा बैंकको नाफा ९६ करोड ७० लाख ३५ हजार रुपैयाँ रहेको थियो । गत आवको चौथो त्रैमाससम्ममा २ अर्ब ५ करोड ५ लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै बैंक अफ काठमाण्डूको ४६.७० प्रतिशत, माछापुच्छ्रे बैंकको ३६.३२ प्रतिशत रहेको छ ।

यता यो अवधिमा नेपाल बैंकको नाफा भने गिरावट देखिएको छ । बैंकको नाफा १८.७७ प्रतिशत घटेको छ । आव २०७४/७५ मा ३ अर्ब २१ करोड ५६ लाख ८१ हजार रुपैयाँ रहेको बैंकको गत आवको सोहि अवधिमा आईपुग्दा २ अर्ब ६१ करोड १९ लाख ८० रुपैयाँ मात्र रहेको छ ।

नाफालाई प्रतिशतमा हेर्दा प्रभु बैंक अगाडी रहेपनि रकमको आधारमा हेर्दा कृषि विकास बैंक अग्रस्थानमा रहेको छ । कृषि विकास बैंकले गत आवको चौथो त्रैमास सम्ममा ४ अर्ब ३५ करोड ३२ लाख ४७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै कारोबार रकमको आधारमा सबै भन्दा कम भने कुमारी बैंक रहेको छ । कुमारी बैंकको नाफा १ अर्ब ३३ करोड ४० लाख ४६ हजार रुपैयाँ रहेको छ ।


पुष्प दुलाल