अशोक लेलैण्ड र रिलायन्स फाइनान्सबीच ७०% कर्जा दिने सम्झौता




काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र रिलायन्स फाइनान्स लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०% सम्मको कर्जा सुविधा रिलायन्स फाइनान्स लिमिटेडबाट पाउने भएका छन् ।

ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताएका छन । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबीच संयुक्त रुममा सहकार्य गर्दै अगाडी बढ्ने कुरामा पनि सहमति भएको छ ।


क्लिकमान्डु