कोका–कोलाले सार्वजनिक गर्यो जिग्री प्याक



काठमाडौं । कोका–कोलाले नयाँ प्रविधिसहितको जिग्री प्याक सार्वजनिक गरेको छ ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोटलर्सले २५० एमएलको नयाँ जिग्री प्याक सार्वजनिक गरेको हो । यो प्याक उपभोक्ता मैत्री भएकोले यसलाई जिग्री प्यान भनेको जनाएको छ । यो अल्ट्रा लाइट बोतल हो भने पीईटी बोतल जस्तै रिसाइकल पनि गर्न मिल्ने खालको रहेको जनाएको छ । यसको विस्थारीत आयु भने ६ महिनाको रहेको छ ।

कार्यक्रममा कोकाकोलाका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले ग्राहकका लागि कोका कोला, स्प्राइट र फन्टाको उपयुक्त प्याक ल्याएको बताए । यो सानो बोतलमा भएकोले गर्दा जहाँसुकै जाँदा पनि सजिलै लिएर हिँडन सकिने, यसको प्रयोग गर्न पनि सजिलो रहेको बताइएको छ ।


क्लिकमान्डु