सुनको मूल्य अहिलेसम्मकै मंहगो, प्रति तोला ७० हजार



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ ।

बुधबार ६९ हजार ५ सय रुपैयाँमा बिक्री भएको छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बिहीबार ७० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो नै अहिलेसम्मको सबै भन्दा बढी मूल्य हो ।

बिहीबार सुन मात्र नभएर चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रति तोला १५ रुपैयाँले बढेर प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रति तोला ८१० रुपैयाँ रहेको थियो ।


क्लिकमान्डु