नेपाल वायू सेवा निगमको सुधारका लागि कार्यदल गठन, एक महिना समय




काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल वायू सेवा निगमको सुधारका लागि कार्यदल गठन गरिएको जानकारी दिएका छन् ।

बुधबार मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रममा मन्त्रि भट्टराईले एक सरकारका पूर्व सचिव सुशिल घिमिरेको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको जानकारी दिए ।

कार्यदलमा लेखा विज्ञ, चाटर्ड अकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रकाश पौडेल, क्याप्टेन सुधिर सम्शेसर राई र मन्त्रालयका सचिव बुद्धिसागर लामिछाने सदस्य छन् ।
कार्यदलले निगमको समग्र सुधारका लागि हालसम्भ भएका विभिन्न अध्ययन प्रतिवेदन विश्लेषण गरी सुझाव दिनेछ ।

निगमको वर्तमान वित्तीय अवस्थाको अध्ययन तथा निगमको कानूनी, संस्थागत संगठनात्मक, व्यवस्थापकीय एवम व्यवसायिक क्षमतामा रहेका समस्याहरु पहिचान तथा विश्लेषण गर्नेछ ।

साथै, तत्कालिन सुधार र दीर्घकालिन सुधारको ठोक कार्ययाजना बनाउने र उपयुक्त देखेका सुझावहरु कार्यदलले दिनेछ ।


क्लिकमान्डु