विशेष अफर रहेको टाटा मोटर्स कार्निभल सम्पन्न



काठमाण्डौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्गले टाटा मोटर्स कार्निभल टाटा मोटर्सको शोरुम थापाथली काठमाण्डौंमा सम्पन्न गरको छ ।

नेपालमै पहिलो पटक सिप्रदी ट्रेडिङ्गले टाटा मोटर्स कार्निभल आयोजना गरेकोे थियो । कार्निभलमा जाने ग्राहकहरुले कम्पनीले प्रदान गर्ने बिभिन्न अफरहरु र विशेष छुट प्रति आकर्षित भइ लाभ लिएका छन ।

उक्त कार्यक्रममा १ हजारभन्दा बढि ग्राहकहरुको आगमन भएकोे जनाइएको छ ।

उक्त टाटा कार्निभल कार्यक्रममा ग्राहकहरुको उल्लेखिय उपस्थितिले गर्दा नै कार्यक्रम सफल भएको कम्पनीको दावी रहेको छ । उक्त कार्यक्रम मार्फत विभिन्न मोडलका १०३ थान नयाँ गाडी बुकिङ्ग भएको कम्पनीले जनाएको छ । आगामी दिनहरुमा समेत हर्ष र उल्लाशका साथ यस्ता किसिमका कार्यक्रम गर्दै ग्रहकहरुलाई अझ बढि सेवा र सुविधा दिने र ग्राहकहरु सँग अझ नजिक हुने समेत कम्पनीले जनाएको छ ।

टाटा मोटर्स कार्निभलमा निम्न अफरहरु समेत रहेका थिए ।

  • एक भाग्यशाली जोडिलाई यूरोप भ्रमण÷एप्पलको सेट÷३ लाख सम्मको नगद छुट
  • १ लाख सम्मको लोएल्टी बोनश
  • एक वर्षसम्मको लागि रोड टयाक्समा छुट
  • डोर प्राईज एकजनालाई ब्याङकक भ्रमण
  • बुकिङ्गमालक्की ड्र मार्फत एक स्यामसुङ्गको ३२ ईन्च टिभी उपहार
  • परिक्षण ड्राईभमाएक भाग्यशालीलाईलक्की ड्र वाट हुवाईको स्मार्ट फोन
  • प्रत्येक टेष्ट ड्राईभमा २ जनालाई फिल्मको टिकट
  • प्रत्येक गाडिको डेलिभरीमा आकर्षक उपहारहरु


क्लिकमान्डु