निगमको ऋण सल्टाउने विषयमा पर्यटनमन्त्री भट्टराईले भने- छलफल गरेर अगाडि बढ्नुपर्छ




काठमाडौं । निवयुक्त पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल वायू सेवा निगमलाई ऋण सल्टाउने विषयमा आवश्यक छलफल गर्न सकिने बताएका छन् ।

सोमबार निगमका पदाधिकारीसँग भएको भेटमा मन्त्रि भट्टराईले यसबारेमा छलफल गरी अगाडि बढ्ने सुझाव दिएको नेपाल वायू सेवा निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए ।

भने, ‘आज मन्त्रिज्यूसँग छलफल भयो, निगमका तर्फबाट अध्यक्ष मदन खरेलले निगमको आर्थिक संकट हटाउनका लागि सरकारसँग २० अर्ब रुपैयाँ ऋण दिने विषय उठाउनु भएको थियो, यसमा छलफल गरेर अगाडि बढ्ने आश्वासन दिनु भएको छ ।’

अध्यक्ष खरेलले मन्त्री भट्टराईलाई निगमको अवस्थाबारे जानकारी गराएका थिए ।

जसमा खरेलले निगमको पछिल्लो अवस्था र नयाँ कार्ययोजनाबारे मन्त्रीसमक्ष ब्रिफिङ गरेका थिए ।

मन्त्री भट्टराईले नेपाल एयरलाइन्सले अधिक्तम उडान गर्नका लागि सुझाव दिएका थिए ।


क्लिकमान्डु