दम्पती बीमा गर्ने हो ? कुन बीमा कम्पनीमा गर्दा कति खर्च लाग्छ, के फाइदा हुन्छ ? (सूचिसहित)



काठमाडौं । पछिल्लो समय जीबन बीमा कम्पनीहरुले बिबाहित दम्पतीहरुलाई लक्षित गरेर दम्पती बीमा योजना ल्याउने होडबाजी नै गर्न थालेका छन् ।

एउटै बीमा योजनाले श्रीमान/श्रीमतिको जोखिम कभर गर्ने स्किम ल्याएर बिबाहित जोडीलाई आकर्षित गर्न बीमा कम्पनीहरु अग्रसर देखिएका हुन् ।

जीवन बीमा कम्पनीहरुले बिक्री गर्ने पोलिसिमध्येका धेरैले रुचाएको दम्पती बीमा योजना पनि हो । बीमा कम्पनीहरुले आर्थिक सुरक्षाको निश्चितताले पारिवारिक जीवन सुखमय बनाउने भन्दै यो योजनालाई बिक्री गरिरहेका छन् ।

विभिन्न कम्पनीहरुले ल्याएको यो योजना किन्न चाहनेलाई न्यूनतम बीमाङक रकम ५० हजार रुपैयाँ भए पनि न्यूनतम प्रवेश उमेर भने फरक-फरक रहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सले जीवन सारथी योजना रहेको छ । यो योजनमा सहभागी हुनको लागि ५ हजार न्यूनतम बीमाङ्क रकम रहेको छ । १८ देखि ५० वर्ष उमेर समूहका बीमितले यो योजनामा सहभागी जनाउने छन् । यो योजनाको बीमा अवधि भने १५ देखि ३० वर्षको रहेको छ ।

यो योजनामा सहभागी बीमितले भुक्तानी पाउनको लागि बीमा अवधि सकिएको मितिसम्म दुवै बीमित जीवित रहेमा बीमाङ्क रकम र बोनस एकमुष्ट दिने छ । बीमा अवधिभित्र २ मध्ये १ बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी हुने र त्यसपछिको बीमा शुल्क भुक्तानीमा छुट पाइने छ । बीमा अवधि सकिएपछि जीवित बीमितलाई पुनः बीमाङ्क रकम र बोनस दिने बीमा समितिले जनाएको छ ।
१९ वटा जीवन बीमा कम्पनीमध्ये दम्पती बीमा योजनामा सहभागी ५ वटा बीमा कम्पनीको मात्र तथ्याङक बीमा समिले उपलब्ध गराएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स

नेशनल लाइफ इन्स्योरेन्सले दम्पती अमृत योजना ल्याएको छ । यो योजनमा १८ वर्ष देखि ६० वर्षसम्मका बीमित सहभागी हुन पाउने छन् ।

न्यूनतम ५ देखि ३० वर्षको बीमा अवधि रहेको छ । यो योजनामा सहभागी हुनेले भुक्तानी पाउनको लागि बीमा अवधिभित्र २ मध्ये १ बीमितको मृत्य भएमा पुरै बीमाङ्क पाउने, बीमा अवधिभित्र अर्को बीमितको पनि मृत्यु भएमा थप पुरै बीमाङ्क रकम र बोनससमेत पाइने छ ।

यस्तै बीमा अवधि सकिने मितिसम्म २ मध्ये १ बीमितमात्र जीवित रहेमा थप पुरै बीमाङक रकम र बोनस पाइने छ भने बीमा अवधि सकिएको मितिसम्म दुवै बीमित जीवित रहेमा पुरै बीमाङ्क रकम र बोसन पाउन सकिने व्यवस्था रहेको छ ।

एशियन लाइफ इन्स्योरेन्स

एशियन लाइफले पनि दम्पती सुरक्षा (संयुक्त सावधिक) जीवन बीमा योजना ल्याएको छ । यो योजनामा सहभागी हुन चाहने बीमित १८ वर्ष भएको हुनुपर्ने छ भने अधिकतम ५० वर्ष रहेको छ । यो योजनामा न्यूनतम बीमा अवधि १५ वर्ष रहेको छ भने अधिकतम ३० वर्ष रहेको छ ।

अधिकतम बीमा समाप्ति उमेर भने ६५ वर्ष रहेको छ । यो योजनामा सहभागी बीमितले भुक्तानी पाउन भने बीमा अवधिभित्र २ मध्ये १ बीमितको मृत्यु भएमा पुरै बीमा रकम, बीमा अवधि भित्र अर्को बीमितको पनि मृत्यु भएमा थप पुरै बीमाङ रकम र आर्जित बोनस पाउने छन् ।

यस्तै बीमा अवधि सकिने मितिसम्ममा २ मध्ये १ बीमितमात्र जीवित रहेमा थप पुरै बीमाङ्क रकम र आर्जिन बोनस पाउने तथा बीमा अवधि सकिको मितिसम्म दुवै बीमित जीवित रहेका पुरै बीमाङ्क रकम र बोनस पाउन सकिने छ ।

यतिमात्रै हैन एशियन लाइफले नै दम्पति सुरक्षा प्लस जीवन बीमा योजना पनि ल्याएको छ । यो योजनामा न्यूनतम १८ देखि अधिकतम ६५ वर्ष सम्मका बीमितले सहभागी हुनसक्छन् । न्यूनतम ५ देखि अधिकतम ३० वर्ष अवधिसम्मको बीमा गर्न सकिने व्यवस्था रहेको छ ।

यो योजनाको भुक्तानी पाउनको लागि बीमा अवधिमा २ मध्ये १ बीमितको मृत्यु भएमा बीमा सुरु भएको ५ वर्षभित्र मृत्यु भएमा बीमाङ्कको १०० प्रतिशत, बीमा सुरु भएको मितिले ६ देखि १० वर्षभित्र मृत्यु भएमा बीमाङ्कको १५० प्रतिशत, ११ देखि १५ वर्षमा मृत्यु भएमा २०० र १६ देखि ३० वर्षभित्र मृत्यु भएमा २५० प्रतिशत भुक्तानी पाउने छन् ।

एलआइसी

लाइफ इन्स्योरेन्स कर्पोरेशनले जीवन साथी संयुक्त सावधिक बीमा योजना ल्याएको छ । यो योजनाको न्यूनतम बीमाङक रकम २ लाख रुपैयाँ रहेको छ । १८ देखि ६० वर्ष उमेर समूहका दम्पती यो योजनामा सहभागी हुन सक्नेछन् । यसको १५ वर्ष रहेको छ भने बमिा समाप्ति उमेर ७५ वर्ष रहेको छ ।

यो योजना परिपक्व भएपछि भुक्तानी लिनको लागि बीमा अवधिभर बीमित जीवित रहेको अवस्थामा बीमाङ्क रकम र बोनससमेत पाइने छ ।

यो योजनामा बीमा अवधिभित्र बीमितको मृत्यु भई लाभ भुक्तानी भैसकेको अवस्थामा निजको श्रीमान÷श्रीमती बीमा अवधि समाप्तिसम्म जीवित रहेमा भने कुनै लाभ भुक्तानी नदिने जनाएको छ ।

बीमितको श्रीमान/श्रीमती जिवित भए आषमी बीमा शुल्कहरु मिनाहा हुने र बीमाङ्कको ५० प्रतिशत दिने जनाएको छ । बीमितको श्रीमान वा श्रीमतीको बीमितभन्दा अघि नै मृत्यु भएमा कुनै लाभ नपाउने जनाएको छ ।

बीमितको तथा नीजको श्रीमान/श्रीमतीको सँगै मृत्यु भएमा बीमालेख अन्तर्गतको बीमाङ्कको १५० प्रतिशत लाभ र आर्जित बोनस इच्छाएको व्यक्तिलाई भुक्तानी दिने व्यवस्था रहेको छ ।

सानिमा लाइफ

सानिमा लाइफले सानिमा दम्पती सावधिक जीवन बीमा योजना ल्याएको छ । यो योजनामा न्यूनतम उमेर अवधि २१ वर्ष रहेको छ भने अधिकतम ५० वर्ष रहेको छ । यसको बीमा अवधि न्यूनतम १५ र अधिकतम ३० वर्ष रहेको छ । बीमा समाप्ति उमेर भने ७० वर्ष रहेको छ ।

यो योजनामा सहभागी हुनेले बीमा अवधिभित्र २ मध्ये १ बीमितको मृत्यु भएमा पुरै बीमाङ्क रकम प्रदान गर्न सकिने रहेको छ भने त्यसपछिको बीमा शुल्क भुक्तानीमा छुट दिने जनाएको छ ।

यस्तै बीमा अवधिभित्र अर्को बीमितको पनि मुत्यु भएमा पुरै बीमाङ्क रकम र आर्जित बोनस, बीमा अवधि समाप्ति मितिसम्म दुईमध्ये १ बीमितमात्र जीवित रहेमा थप पुरै बीमाङ्क र आर्जित बोनस प्रदान गरिने योजना रहेको छ । बीमा अवधि समाप्ति मितिसम्म दुवै बीमित जीवित रहेमा पुरै बीमाङ्क रकम र आर्जित बोनस भुक्तानी पाउने योजना रहेको छ । 


पुष्प दुलाल