टाटा मोटर्स कार्निभल काठमाडौंमा चल्दै, यस्ता छन अफर



काठमाण्डौं । टाटा मोटर्सको मोटर्स कार्निभल श्रावण १६ गते देखि श्रावण १९ गते सम्म विहान ११ बजे देखि बेलुका ७ बजे सम्म टाटा मोटर्सको शोरुम थापाथली काठमाण्डौंमा चलिरहेको छ ।

चार दिनसम्म चल्ने उक्त कार्निभल नेपालमै पहिलो पटक सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले आयोजना गर्न लागेको हो । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्गले यसअघि पनि टाटा कार मेलाको आयोजना गर्दे आएको थियो ।

यस कार्यक्रमका मुख्य विषेशताहरुमा टाटाको प्यासेन्जर गाडिहरुमा ३ लाख सम्मको छुट, विभिन्न आर्कषक उपहार, लक्की ड्र , १ लाख सम्मको एक्सेन्ज बोनस, टेष्ट ड्राईभ, सांगितिक कार्यक्रम , मनोरञ्जन र विभिन्नखानाका परिकारहरु समेत रहेको छ । सो कार्यक्रममा सहभागि भइ ग्राहकहरुले एकै स्थानबाट धेरै लाभ लिन सकिने समेत आयोजक जनाएको छ ।

यो कार्यक्रमले सुस्ताइरहेको अटोमोबाइल बजारलाई जाग्रुक बनाइ ग्राहकहरुमाझ एउटा छुटै उत्साहा र र उल्लासको माहोल ल्याउनेमा पूर्ण विश्वास रहेको नेपालका लागि टाटा मोटर्स लिमिटेडका कन्ट्री म्यानेजर अजित नारायण सिंहले बताए ।

साथै कार्निभलमा जानेहरुलाई लक्की ड्रबाट बुकिङ्गगर्दाको निम्न अफरहरु राखिएको छ ।

  •   एक भाग्यशाली जोडिलाई यूरोप भ्रमण ÷एप्पलको सेट ÷ ३ लाखसम्मको नगद छुट
  •  १ लाख सम्मको लोएल्टी बोनश
  •  एक वर्षसम्मको लागि रोड टयाक्समा छुट
  •  डोर प्राईज एकजनालाई ब्याङकक भ्रमण
  •  बुकिङ्गमा लक्की ड्र मार्फत एक स्यामसुङ्गको ३२ ईन्च टिभी उपहार,
  •  परिक्षण ड्राईभमाएक भाग्यशालीलाई लक्की ड्र वाट हुवाईको स्मार्ट फोन
  •  पूरानो सवारी मूल्यांकनमा एक भाग्यशालीलाई लक्की ड्र वाट दक्षिणकाली भिलेज रिर्सोटमा एक रातको बास
  •  प्रत्येक परिक्षण ड्राईभमा २जनालाई फिल्मको टिकट
  •  प्रत्येक गाडिको डेलिभरीमा आकर्षक उपहारहरु


क्लिकमान्डु