परोपकारी भावनाले जन्मिएको ‘ममः संसार’को कथा: नयाँ बानेश्वरदेखि अष्ट्रेलियासम्म



काठमाडौं । नयाँ बानेश्वरस्थित ममः संसारको कार्यालयमा भेटिएका सञ्चालक सुरेन्द्र श्रेष्ठको जीवनलाई एक दशकपछि फर्केर हेर्ने हो भने उनी नामी व्यापारी हुन । हेटौंडाबाट व्यवसाय शुरु गरेका श्रेष्ठ गनेचुनेका व्यापारीमध्येका एक हुन ।

ट्रान्सपोर्टेसन र डिपार्टमेन्टल स्टोरलगायतका व्यवसायमा हात हालेका उनको व्यापार चम्कँदो थियो । व्यापारको ग्राफ हरेक दिन उकालो लाग्दै थियो, सँगै नाम पनि कमाउँदै थिए । विभिन्न संघ संस्थामा आबद्ध भएर सामाजिक सेवामा पनि उत्तिकै सक्रिय थिए ।

परिवार सुखी थियो । सन्तान पढ्दै थिए । रहर लाग्दो परिवार थियो ।

नयाँ बानेश्वरबाट सुरु भएको ममः संसारको व्यापार अहिले देशभरीमात्रै होइन विदेशमा पनि विस्तार हुने क्रममा छ । श्रेष्ठका अनुसार अब यसको फ्रेञ्चाइजी अष्ट्रेलियाको सिड्नीमा समेत पुग्ने भएको छ ।

तर समयको नियती यति कठोर भइदियो कि उनको सुन्दर पारिवारिक जीवनलाई तहसनहस बनाइदियो । त्यो पनि क्रमैसँग । जेठा छोरा काठमाडौंबाट हेटौंडा फर्कने क्रममा दुर्घटना हुँदा संसार त्यागे । त्यसको पीडाले थिचिएका उनको परिवारमा केही समयपछि सानो छोरालाई ब्लड क्यान्सर देखियो । उपचारका क्रममा उनी पनि बाबु आमालाई छाडेर परलोक गए । सन्तान गुमाउनु पर्दाको असह्य पीडाले बाहिर निस्कन निकै गाह्रो भयो ।

छोराको उपचारको सिलसिलामा राजधानी छिरेका उनको परिवार छोराको देहवसानपछि फर्किएर हेटौंडा गएन । त्यहाँ जाँदा छोराहरुका सम्झना पिरोल्थ्यो । सन्तानको पीडादायी सम्झनालाई थन्क्याउँदै श्रीमतिको आग्रहमा उनी राजधानीमै बस्ने र नयाँ व्यवसायमा हात हाल्ने निर्णय गरे ।

सन्तान गुमाउनुपर्दाको पीडाले उनी र उनको परिवार क्षतविक्षत भयो । आफैंलाई सम्हाल्न गाह्रो भयो । यसले चलिरहेको व्यवसाय र संघसंस्थामा भएको जिम्मेवारी पनि खुम्चाइदियो ।

तर के गर्नु संसारको रित हो । कर्म त गर्नैपर्यो । व्यवसायिक सोच र कुशलताले खारिएका उनी राजधानीमा व्यवसाय नै गर्ने योजना बनाए ।
सुरुमा पानी सप्लाइको व्यवसायमा हात हाले । साझेदारीमा । त्यसमा उनी सफल भए । र, फेरि अर्को व्यवसाय प्रिन्टिङ प्रेसमा हात हाले । श्रीमतिलाई होस्टेल खोलिदिए ।

यतिले मात्रै उनी सन्तुष्ट भएनन् । व्यवसाय त भयो तर क्यान्सर रोग रोकथामका लागि केही गर्ने योजना बनाए । जसका लागि एउटा फन्ड स्थापना गर्ने र क्यान्सर रोग रोकथामका लागि पैसा जम्मा गर्नका लागि ममः संसार सुरु गरे ।

ममः संसारको सुरुवात गर्नुको उद्देश्यले थियो कोष स्थापना गर्नु । जुन व्यवसायबाट निरन्तर कोषमा पैसा जम्मा भइराखोस् । यसका लागि ममः व्यवसाय सबैभन्दा उपयुक्त लाग्यो ।

ममः संसारको कथा

ममः नेपालीहरुका लागि सबैभन्दा सजिलो खाना हो । सहजै पाइने र मीठो पनि हुने । ममःको लोकप्रियताभित्र छिरेर केही नयाँ गर्न सकिन्छ कि भन्ने नभएको होइन तर उपयुक्त अवसर खोजी रहेका थिए ।

अहिले उनको कम्पनीबाट उत्पादन भएका फ्रोजन ममःहरु साना ठेलादेखि रेष्टुराँ, पार्टी प्यालेसदेखि पाँच तारे होटलसम्म पुगिरहेको छ । त्यतिमात्रै होइन, आफ्नै आउटलेटमा पनि जान्छ ।

यसैबीच उनले चीनमा ममः बनाउने मेसिनबारे सुने । यतैबाट कुरा गरे । कुरा मिल्यो । उनी मेसिन हेर्न चीन गए । चीनमा एक साता बसेर आफंैले त्यसबारे जानकारी लिए । र, १० लाख रुपैयाँ खर्चेर मेसिन नेपालमा ल्याए । केही समयपछि व्यवसाय सुरु गरे ।

नाम राखे- ‘स्वर्णिम एण्ड सिर्जन ममः संसार’ ।

ममः संसार अहिले नयाँ बानेश्वरबाट विस्तार भई कैयन ठाउँमा पुगेको छ । यसले सर्भ गर्नेभन्दा पनि सप्लाइ गर्ने व्यवसायिक मोडल अपनाएको छ ।

ममः बनाएर सप्लाई गर्ने मात्रै होइन ममः संसारले अचारमा पनि नयाँपन ल्याएको छ । मीठो अचार बनाउनका लागि मात्रै उनले लाखौं रुपैयाँ खर्चेका छन् । जसलाई उनले आफ्नो बनाएका विशेषता नै बनाएका छन् ।

ममः बनाउने मेसिनले प्रत्येक घण्टा ३ हजारभन्दा बढी ममः बनाउन सक्छ । जसमा पीठो मुछ्नेदेखि, किमा बनाउने र ममः तयार पार्नेसम्मका ६ वटा मेसिन छन । मेसिनबाट बनेका ममःहरु कोल्ड स्टोरमा जम्मा गरिन्छ । र, त्यसलाई प्याकिङ गरी गन्तव्यमा पुर्याइन्छ ।

उनले हालसम्म यसका लागि १ करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन् ।

यतिधेरै लगानी भइसके पनि श्रेष्ठको उद्देश्य यसबाट पैसा कमाउनु भने होइन । पैसा कमाउनका लागि अन्य व्यवसाय चलिरहेका छन ।

ममः संसार सुरु नै परोपकारी भावनाबाट आएकाले यसको उद्देश्य यसबाट बिक्री हुने ममःको प्रत्येक प्लेटबाट ३ रुपैयाँ कोषमा जम्मा गर्नु हो ।

र, यो अहिले भइरहेको छ । कोष हरेक दिन बढ्दो क्रममा छ ।

त्यसैले व्यापार जति राम्रो भयो त्यति छिटो क्यान्सर सम्बन्धि जनचेतना जगाउन तथा विभिन्न कामका लागि उक्त पैसा खर्च हुने उनले सुनाए ।

अहिले उनको कम्पनीबाट उत्पादन भएका फ्रोजन ममःहरु साना ठेलादेखि रेष्टुराँ, पार्टी प्यालेसदेखि पाँच तारे होटलसम्म पुगिरहेको छ । त्यतिमात्रै होइन, आफ्नै आउटलेटमा पनि जान्छ ।

श्रेष्ठको योजना सुन्ने हो भने, देशका प्रत्येक सहर र राजधानीका सबै ठाउँमा ममः संसारबाट बनेका हाइजेनिक ममः र यसको छुट्टै स्वाद चखाउनु हो । परोपकारी मनले सुरु भएको उनको व्यवासयले छिट्टै योजना मुताविक सफलताको स्वाद चाख्छ भन्ने लोकप्रियताबाटै बुझ्न गाह्रो छैन ।

अहिले दैनिक ५ सय प्लेटदेखि १२ सय प्लेटसम्म बिक्री गरिरहेका छन् । तर उनको लक्ष्य भने प्रत्येक दिन ३ हजार प्लेट ममःको स्वाद ग्राहकलाई चखाउनु हो ।

अहिले उनको ममःको व्यापार राजधानीका होटल रेष्टुराँ र आउटलेट हुँदै राजधानी बाहिरका विभिन्न ठाउँमा पुगिसकेको छ । उनका अनुसार ममः संसारको आउटलेट चलाउनेका लागि निश्चित मापदण्ड बनाइएको छ । त्यसलाई पालना गर्नेले सहजै आउटलेट लिन सक्छन् ।

उनले भने, ‘आउटलेटका लागि वार्षिक १ लाख ३ हजार रुपैयाँ बुझाएर निश्चित मापदण्ड पूरा गर्ने हो भने पाइन्छ ।’

नयाँ बानेश्वरबाट सुरु भएको ममः संसारको व्यापार अहिले देशभरीमात्रै होइन विदेशमा पनि विस्तार हुने क्रममा छ । श्रेष्ठका अनुसार अब यसको फ्रेञ्चाइजी अष्ट्रेलियाको सिड्नीमा समेत पुग्ने भएको छ ।

‘अहिले कुरा भइरहेको छ । प्रक्रियाम छौं । अब साढे २ महिनापछि अष्ट्रेलियामा पनि ममः संसारको ममः खान पाउने भएका छन्’ उनले भने । ममः संसारमा उत्पादित ममःको विषेशता भनेको हाइजेनिक पनि हो । मानिसको स्वास्थ्यलाई ध्यान दिइएको श्रेष्ठले बताए ।

ममः सप्लाईको यो व्यवसायले सबैभन्दा धेरै सानादेखि ठूला व्यापारीहरुलाई समेत फाइदा पुर्याएको छ । जसले मासु किन्ने, किमा बनाउने र डल्ला तयार पार्नेसम्मको जिम्मा ममः संसारले लिएको छ ।

व्यापारीहरुलाई ममः पकाएर बेचे मात्रै पुग्ने भयो । यसले गर्दा उनीहरुको समय र पैसा बचत मात्रै भएको छैन् । राम्रो ममः खुवाउन पनि पाएका छन् ।

श्रेष्ठको योजना सुन्ने हो भने, देशका प्रत्येक सहर र राजधानीका सबै ठाउँमा ममः संसारबाट बनेका हाइजेनिक ममः र यसको छुट्टै स्वाद चखाउनु हो ।

परोपकारी मनले सुरु भएको उनको व्यवासयले छिट्टै योजना मुताविक सफलताको स्वाद चाख्छ भन्ने लोकप्रियताबाटै बुझ्न गाह्रो छैन ।


पुष्प दुलाल