महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले भने- बैंकहरुले ऋण दिन कम गरे, ब्याजदर पनि महंगो भयो




काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंकहरुले परियोजनाका लागि ऋण दिन कम गरेको बताएका छन् ।

बिहीबार राजधानीम आयोजित मौद्रिक नीतिले अर्थतन्त्रमा पारेको प्रभाव अन्तरक्रिया कार्यक्रममा बोल्दै गोल्छाले बजारमा कर्जाको माग धेरै भए पनि बैंकहरुबाट ऋण नपाइएको बताए ।

उनले भने, ‘एकातिर ऋण कम दिन थालिएको छ भने अर्को तिर पाएको ऋणमा ब्याज महंगो छ ।’

उनले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरुले २५ प्रतिशत ऋणपत्र ल्याउने व्यवस्था गरेको छ । तर बैंकहरुले योभन्दा अगाडि नै ऋणपत्र ल्याइसकेको बताए ।

त्यसको ब्याजदर १० प्रतिशतभन्दा बढी छ । त्यसैले ब्याजदर कम हुने सम्भावना छैन् ।

मौद्रिक नीतिमा स्प्रेड घर घटेको भए ब्याजदर घट्न सक्ने थियो । स्प्रेड दर नघट्दा ब्याजदर नघट्ने सम्भावना कम भएको उनको भनाइ छ ।

उनले भने, ‘स्प्रेड दर परिमार्जन गर्नुपर्ने मौद्रिक नीतिले त्यो गरेन, बैंकहरुले सानो रकममा लोन दिन हिच्किचाउन थालेका छन । जसले गर्दा साना उद्योगीले ऋण पाउन नसक्ने अवस्था छ ।’

मौद्रिक नीतिले यो विषयलाई ध्यान दिएको भए उद्योगीलाई केही सहज हुने उनको भनाइ छ । सबै ऋण पर्सनल ग्यारेन्टीमा हुँने हुँदा सरकारले अपेक्षा गरेको आर्थिक वृद्धि हासिल हुने सम्भावना कम छ ।


क्लिकमान्डु