नवनियुक्त पर्यटनमन्त्री भट्टराईले भने- नेपाल एयरलाइन्सलाई वाह ! भन्ने बनाउँछु



काठमाडौं । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले विवादमा फसेको नेपाल वायू सेवा निगमलाई ‘वाह नेपाल एयरलाइन्स’ भन्ने बनाउने प्रतिबद्धता जनाएका छन् ।

मन्त्रिपदको सपथ लिएपछि सिंहदरबार पुगेर मन्त्रिको पद बाहली गर्दै उनले नेपाल एयरलाइन्सको गिर्दो साखलाई माथि उकास्ने र सबैले वाह नेपाल एयरलाइन्सले भन्ने बनाउने प्रतिबद्धता जनाए ।

उनले आफू एक्कासी मन्त्रालय सम्हाल्न आइपुगेको भन्दे अनावश्यक चाकडी नगर्न समेत निर्देशन दिए ।

उनले भने, ‘मन्त्री भइसकेपछि पत्रिकामा विज्ञापन छपाउने चलन छ, आइस्यो र गइस्यो भन्ने चलन छ अब त्यसो नगर्नु ।’

उनले मन्त्रालयमा रहेका विकृति तथा विसंगतीलाई समेत अन्त्य गर्ने र प्रभावकारी काम गर्ने बताए ।


क्लिकमान्डु