मोटरसाइकल एसेम्बलमा बजाजको सफलता, १० ब्राण्डको उत्पादन नेपालबाटै, मूल्य कति ?



काठमाडौं । नेपालमा एसेम्बल उद्योग राखेर सवारी साधनको उत्पादन गर्नमा बजाजले सफलता प्राप्त गरेको देखिएको छ ।

बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता हशंराज हुलासचन्द्र कम्पनी प्रालिले सार्वजनिक गरेको सूची अनुसार १० वटा बजाज ब्राण्डको मोटरसाइलक नेपालमा नै उत्पादन हुन्छ ।

बजाजको बिक्रेताको रुपमा काम गर्दै आएको गोल्छा अग्रनाइजेशन अन्तर्गतको हशंराज हुलासचन्द्र कम्पनीले नेपालमा बजाज मोटरसाइकलको एसम्बल गर्न सुरु गरेको दुईवर्षभन्दा बढी भइसक्यो ।

कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार अहिले बजाज प्लाटिना १०० सिसी, बजाज डिसकभरका ३ वटा मोडलको एसमेम्बल नेपालमा हुन्छ ।

उपभोक्ताले सबैभन्दा बढी रुचाएको बजाजको पल्सर सिरिजको ६ वटा मोडलको एसेम्बल नेपालमा हुन्छ ।

कम्पनीका अनुसार अहिले बजाज ब्राण्डमा चारवटा मोडलमात्र भारतबाट आयात हुने गरेको छ । जसमा तीनवटा मोटरसाइकल ब्राण्ड र एउटा तीन पाङ्ग्रे अटो छ ।

भारतबाट एभियन्चर १८०,एभियन्चर २२० स्ट्रिट र एभियन्चर २२० क्रुच मात्र भारतबाट आउने छर्ग । तीन पाङ्ग्रे अटोमा काग्रो म्याक्सिमा सि पेट्रोल भारतबाट आउने गर्छ ।

बजाजले बिक्री गर्दै आएको मोटरसाइकलमा सबैभन्दा सस्तो बजाज प्लाटिना १०० सिसी जसको मूल्य १ ला ख ६४ हजार ९९० पर्छ भने सबैभन्दा महंगो मोटरसाइकलमा बजाज एभियन्चर २२० क्रुस २२० सिसी रहेको छ ।जसको मूल्य ३ लाख ३९ हजार पर्छ ।

नेपालमा एसम्बेल भएको मध्ये सबैभन्दा महंगो बजाज एनस २०० सिसी ३ लाख १९ हजार पर्छ ।


क्लिकमान्डु