ज्याक माको अनलाइन बैंकले ३ मिनेटमै ऋण दिन्छ, नेपालमा कहिले शुरु हुन्छ यस्तो व्यवस्था ?



काठमाडौं । ३ मिनेटमा ऋण पाइने । त्यो पनि अनलाइन मार्फत आबेनद दिएकै भरमा । सूचना र प्रविधिको क्षेत्रमा पछाडि रहेको नेपाल र नेपालीका लागि यो अचम्म र चासोको समाचार हुनसक्छ ।

भर्खर भर्खर मोवाइल बैंकिङ, इन्टरनेट बैकिङ, एसएमएस बैंकिङ, अनलाइन पेमेन्टमा अभ्यस्त हुन सिक्दै गरको अवस्थामा धेरैलाई अस्वभाविक लाग्न सक्छ ।

व्यवसायिक जगतमा विश्व चर्चित नाम हो ज्याक मा । व्यवसाय क्षेत्रमा निकै शक्तिशाली व्यक्तिकारुपमा परिचित ज्याक मा लगानीकर्ताका साथै राजनीतिज्ञ पनि हुन् । उनी अलिबाबा ग्रुपका कार्यकारी अध्यक्ष समेत हुन् । उनी चीनको व्यवसाय जगतका ग्लोबल एम्बास्डर समेत हुन । उनी फोब्र्सको विश्वका सबैभन्दा शक्तिशाली व्यक्तिहरुको सूचीमासमेत पर्दछन् ।

ज्याक माले शुरु गरेको अनलाइन बैंकले अहिले चीनको बैंकिङ प्रणालीमै चर्चा कमाएको छ । उनको अनलाइन बैंकले ठुलो क्रान्ति गरेको छ । ज्याक मा ले ४ वर्षअघि शुरु गरेको माईबैंकले २९० विलियन अमेरिकि डलर ऋण प्रवाह गरिसकेको छ । उक्त बैंकले प्रवाह गरेको ऋणबाट १६ मिलियन साना कम्पनीहरु लाभान्वित भएका छन ।

अचम्मको कुरा- ऋण लिन इच्छुकहरुले आफ्नो स्मार्ट फोनबाट केहि क्लिकको भरमा आबेदन दिन्छन् । र, आबेदन स्वीकृत हुने वित्तिकै ऋण पाउँछन् । यो पुरै प्रक्रिया सम्पन्न हुन जम्मा ३ मिनटमात्रै लाग्छ । त्यो आबेदन स्वीकृत गर्ने नगर्ने प्रक्रियामा एक जना पनि मानब संलग्न हुदैनन र सबै अनलाइन सिस्टमले नै काम गर्दछ ।

बिग डाटा र आर्टिफिसियल इन्टेलिजेन्स टेक्लोनोजीको प्रयोगमा अहिले चीन वल्र्ड लिडर बनेको छ । एमवाई बैंकले गत वर्षमात्रै ६७० मिलियन युवान कमाएको छ ।

चीनको नेशनल इन्स्टिच्युसन फर फाइनान्स एण्ड डेभलप्मेन्टका अनुसार सन २०१८ मा चीनमा रहेका ८० मिलियन साना व्यवसायहरुमध्ये दुइतिहाईमा ऋणको पहुँच नै पुग्न सकेन ।

तर पछिल्लो समय माइबैंकको लेन्डिङ एप्स साना व्यवसायहरुका लागि गेम चेन्जरका रुपमा काम गरिरहेको छ । केहि वर्ष पहिला कुनै बैंकले ऋण स्वीकृत नगर्ने व्यवसायहरु अहिले अनलाइनमार्फत् आफुले चाहेको समयमा ऋण लिन सक्ने भएका छन् ।
चीनमा आएको यो क्रान्तिले चीनको अर्थतन्त्रमा निकै सहयोग गर्ने विभिन्न एजेन्सीहरुले बताएका छन् ।


पुष्प दुलाल