चीन र नेपालबीच अब सातामा ९८ उडान हुने, विमानस्थल पनि थपिए



काठमाडौं । नेपाल एयरलाइन्सले चीनका १५ वटा विमानस्थलमा उडान गर्न पाउने भएको छ । द्विपक्षीय हवाई सम्झौता पुनरावलोकन गर्न चीन गएको नेपाली टोलीले उक्त सम्झौता गरेको हो ।

साथै, टोलीले उडान संख्या पनि हप्तामा ९८ पुर्याएको छ । यसअघि दुबै देशले सातामा ७० वटा उडान गर्न पाउने भएको हो ।

संस्कृति पर्यटन मन्त्रालयका सहचिव सुरेश आचार्यको नेतृत्वमा गएको नेपाली टोलीले शुक्रबार पुनरावलोकनमा हस्ताक्षर गरेको हो ।

त्यस्तै, पुनरावलोकनपछि चीनले काठमाडौं बाहिरका विमानस्थलहरु पोखरा र भैहरवामा पनि उडान गर्न पाउने भएको छ । भने नेपाली विमानहरु नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले पनि चीनका थप ८ वटा विमानस्थलमा उडान गर्न पाउने सम्झौता भएको छ ।

हाल नेपालमा पाँच वटा चिनियाँ एयरलाइन्स कम्पनीहरुले सातामा ७० वटा उडान गर्दै आएका छन् । तर नेपालबाट भने अहिलेसम्म विभिन्न बाहना बनाउँदै चीनले अनुमति दिएको छैन् ।

अहिले नेपाल एयरलाइन्सले सुरुमा ग्वान्जाओका लागि उडान अनुमतिको पर्खाइमा छ । चीन सरकारले सेफ्टी अडिटका लागि आउने भने पनि अहिलेसम्म आइसकेको छैन् ।

नेपाल एयरलाइन्सले सुरुमा चीनको ग्वान्जाओ र पछि बेइजिङमा उडान गर्ने योजना बनाएको छ ।


क्लिकमान्डु