१ लाख घुस लिने काठमाडौं महानगरपालिकाका नासु सेती विरुद्ध मुद्धा
काठमाडौं । काठमाडौं महानगरपालिका, सामाजिक विकास विभागका नायव सुब्बा कृष्ण प्रसाद सोती विरुद्ध १ लाख ७ हजार घुस लिएको भन्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।
सोतीले सेवाग्राहीसँग सामाजिक विकास विभाग मार्फत कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत १ लाख ७ हजार रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । घुससहित नियन्त्रणमा लिई अनुसन्धान भएको आयोगले जनाएको छ ।
अनुसन्धानको क्रममा सोतीले सेवाग्राहीसँग सामाजिक विकास विभाग मार्फत खर्च गर्ने गरी विनियोजन भएको रकम मध्ये बिल भरपाईसहित भुक्तानीको लागि पेश गरेको रकमको भ्याट बाहेक रकमको पाँच प्रतिशत कमिशन लिएको बताइएको छ । सोतीलाई बिगो १ लाख ७ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।