काठमाडौं उपत्यकामा पाइन्छ ३५ लाखमा अपार्टमेन्ट, यी हुन् सस्ता बिकल्प



सांकेतिक तस्बीर

काठमाडौं । घर जग्गाको मूल्य आकाशिँदो छ । सीमित आम्दानी हुनेका लागि घर खर्च कटाएर बचेको पैसाले राजधानीमा घर ठड्याउने रहर पूरा गर्न कठीन छ ।

२७ किलोमिटर लामो रिङरोडभित्रका जग्गाको मूल्य यति आकाशिएको छ कि आना कै ४० लाख हाराहारीमै पर्छ । ४ आनाको जग्गा चाहियो ।

४० लाख आना कै दरले पनि घर बनाउन मिल्ने जग्गाका लागि १ करोड २० लाख परिहाल्यो । त्यसमाथि घर ठड्याउनका लागि अर्को ५० लाख कम्तीमा चाहियो । त्यसैले राजधानीमा घर बनाउनका लागि निकै आर्थिक दृष्टिले अत्यधिक खर्चिलो छ ।

त्यसैले राजधानी र यसका आसपासमा अपार्टमेन्टको चलन बढेको छ । कैयन अपार्टमेन्टहरु बनिरहेका छन् र मानिसहरु घरको साटो अपार्टमेन्टमा रुचि देखाउन थालेका छन् । जग्गा किनेर घर बनाउनुभन्दा बनिबनाउन अपार्टमेन्टको सुविधा हातहातै आएपछि एकातिर सस्तो भयो भने अर्कोतर्फ सजिलो पनि भयो ।

आज हामी राजधानी र यसका आसपासमा भएका सस्ता केही अपार्टमेन्टका बारेमा जानकारी पस्कँदैछौं ।

१) मेरो सिटी हात्तिवन, मूल्य ३५ लाख रुपैयाँ

३५ लाख रुपैयाँमा राजधानीका राम्रा ठाउँमा एक आना पनि जग्गा आउँदैन् । घर बनाउने कुरा त अलिक परको भैगयो । तर यो ३५ लाखमा सानो परिवारका लागि मात्रै उपयुक्त छ । जसमा एउटा बेडरुमा मात्रै छ । एउटा बाथरुम छ भने एउटा किचन र एउटा मात्रै बाथरुम छ । हात्तिवनस्थित मेरो सिटी अपार्टमेन्टमा रहेको अपार्टमेन्ट १२ औं तलामा छ । लिटिल एञ्जल्स स्कुल नजिकै रहेको यो अपार्टमेन्टले ४०८.५२ स्वायर फिट क्षेत्रफल ओगटेको छ ।

२) बबरमहल ५५ लाख रुपैयाँ

राजधानीको बबरमहलमा ५५ लाख रुपैयाँमा मात्रै अपार्टमेन्ट बिक्रीमा राखिएको छ । फर्निस नगरिएको अपार्टमेन्ट भवनको चौथो तलामा छ । जसमा ३ वठा कोठा र सानो किचन छ भने एउटा बाथरुम छ । दक्षिणी मोहडा भएको अपार्टमेन्ट बस्नका लागि उपयुक्त भएको विज्ञापनमा उल्लेख गरिएको छ ।

३) कुलेश्वर अपार्टमेन्ट, मूल्य ७० लाख रुपैयाँ

राजधानीको रिङरोडभित्र तुलनात्मक रुपमा राम्रो ठाउँमा कुलेश्वरस्थित अपार्टमेन्ट पहिले प्रयोग भइसकेको छ । जसका लागि ७० लाख रुपैयाँ तोकिएको छ । यो ७२० स्वायर फिट क्षेत्रफलमा फैलिएको छ भने २ वडा बेडरुम छ । आधा जति फर्निसिङ गरिएको अपार्टमेन्ट बिक्रीका लागि तयारी अवस्थामा छ ।

४) सिभिल होम्स, ७३ लाख ५० हजार रुपैयाँ

धापाखेलस्थित सिभिल होम्समा २ बेडरुमको अपार्टमेन्टको मूल्य ७३ लाख ५० हजार तोकिएको छ । ५८० स्वायर फिट क्षेत्रफलमा फैलिएको अपार्टमेन्ट जेम्स स्कुल नजिकै पर्छ । सातदोबाटोदेखि १.५ किलोमिटर दूरीमा रहेको अपार्टमेन्टमा २ वटा बाल्कोनी पनि छ । भने भवनको तेस्रो तलामा अपार्टमेन्ट छ ।

५) सनराइज अपार्टमेन्ट मूल्य ७५ लाख रुपैयाँ

ललितपुरस्थित मेडासिटी अस्पतालबाट ५ मिनेटको पैदल दूरीमा रहेको यस अपार्टमेन्टको मूल्य ७५ लाख रुपैयाँ राखिएको छ । जसमा २ वटा बेडरुम छ भने पावर ब्याकअप जेनेरेटर, इलेभेटर, पार्किङ र जिमखाना समेत छ ।

६) कुलेश्वर अपार्टमेन्ट मूल्य ७५ लाख रुपैयाँ

कुलेश्वर अपार्टमेन्टमा २ वटा बेडरुम छन् । जसमा एउटा बाथरुम पनि छ । पूरै फर्निस गरिएको यो अपार्टमेन्ट ६६३ स्वायर फिट क्षेत्रफलमा फैलिएको छ । दक्षिण मोहोडा भएको अपार्टमेन्टमा पानीको सुविधा २४ घण्टा नै उपलब्ध गराइएको छ । बिक्रेतालाई यसको मूल्य ७५ लाख रुपैयाँ तोकेका छन् ।

७) सिभिल होम्स, मूल्य ८० लाख रुपैयाँ

धापाखेलस्थित सिभिल होम्सको अर्को अपार्टमेन्ट ८० लाख रुपैयाँमा उपलब्ध छ । बिक्रेताका अनुसार १०५१ स्वायर फिट क्षेत्रफलमा फैलिएको अपार्टमेन्टमा ३ वडा बेडरुम छ । भवनको तेस्रो तलामा रहेको यस अपार्टमेन्टमा फर्निसिङ भने गरिएको छैन् ।

८) सिनामंगल मूल्य ८७ लाख रुपैयाँ

राजधानीको सिनामंगलस्थित यस अपार्टमेन्टमा २ वटा बेडरुम र २ वटा बाथरुम छन् । प्रयोग भइसकेको यस अपार्टमेन्टलाई बिक्रेताले अहिले बिक्रीमा राखेका छन् । अट्याच बाथरुपमसहितको यस अपार्टमेन्टको मोल ८७ लाख रुपैयाँ राखिएको छ ।

९) सिनामंगल मूल्य ८७ लाख रुपैयाँ

सिनामंगलको अपार्टमेन्टमै भएको अर्को फ्ल्याट ८०० स्वायर फिटमा फैलिएको छ । जसमा भीआईपी फ्ल्याट भनिएको छ । जसमा फर्निचरहरु राखिसकिएको छ भने थप फर्निसिङ गर्नुनपर्ने भनिएको छ । यसमा ३ वटा बेडरुप २ वटा बाथरुम छ ।

१०) पेप्सीकोला मूल्य ९० लाख रुपैयाँ

पेप्सीकोलास्थित सन सिटी अपार्टमेन्टको १०औं तलामा रहेको ३ बीएचके अपार्टटमेन्ट पनि बिक्रीमा राखिएको छ । जसको मूल्य ९० लाख रुपैयाँ तोकिएको छ । ८५९ स्वायर फिट क्षेत्रफलमा फैलिएको अपार्टमेन्टमा ३ वटा बेडरुम र वटा बाथरुम छन् । अपार्टमेन्ट सेमी फर्निसिङ गरिएको छ ।

तस्बिरमा उल्लेख भएको अपार्टमेन्ट भने सस्तो मूल्यमा पाइदैन

यो समाचार हाम्रो बजार डट कम अनलाइनमा प्रकाशित विज्ञापनका आधारमा तयार पारिएको हो ।


पुष्प दुलाल