बैंकासुरेन्सको दबाववाला धन्दा अब बन्द



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ऋणीलाई कर्जा लिदा बाध्य बनाएर गरेको बीमा योजना राष्ट्र बैंकले बन्द गराएको छ ।

बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणी स्वयम्ले छनौट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गराउनु पर्ने मौद्रिक नीतिमा उल्लेख छ ।

कर्जासँग प्रत्यक्ष रुपले सम्बन्धित बीमा पोलिसी बाहेक अन्य कुनै पनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बैंकहरुले बीमा कम्पनीले दिने कमिसनको लोभमा ऋण लिने ग्राहकलाई अनावश्यक बीमाको दवाव दिने र सो खाले पोलिसी बिक्री गर्ने गरेका थिए ।


क्लिकमान्डु