व्यापारिक केडिया समूह लगायत कर्मचारीले दिए प्रधानमन्त्री राहत कोषमा २५ लाख
काठमाडौं । प्रधानमन्त्री राहतकोषयमा व्यापारीक घराना केडिया समूह लगायत कर्मचारी निजामती कर्मचारीहरुको आधिकारीक टे«डयुनियनले बुधबार २५ लाख रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार राहत दुईवटा संस्थाले २५ लाख रुपैंया हस्तान्तरण गरेका हुन् ।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले १० लाख र व्यापारिक समुह केडिया ग्रुपले १५ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
राहत रकमको चेक बुझ्दै प्रधानमन्त्री ओलीले उक्त सहयोगले बाढी पहिरोको चपेटामा परेका जनतालाई राहत हुने बताए । ‘प्राकृतिक विपत्तीमा परेका जनताहरुलाई तपाईंहरुले दिएको रकमले उद्धार र राहातमा ठुलो सहयोग पुग्दछ’ प्रधानमन्त्री ओलीले भने ।
राहत रकम बुझाउन गएको निजामती कर्मचारीको आधिकारिक टे«ड यूनियनको प्रतिनिधि मण्डलसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले अब सृजना र योगदानको समय आएको बताए । प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासका निम्ती प्रतिवद्ध रहेको उल्लेख गरे ।