आज र भोलि देशभर वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह



काठमाडौं । आज र भोलि देशका अधिकांश स्थानमा वर्षा हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्व र मध्य तथा पश्चिमी क्षेत्रमा निरन्तर वर्षा हुने पूर्वानुमान गरिएको छ ।

यस्तै मध्य र पश्चिमका केही स्थानमा भारी वर्षा हुने भएकाले उच्त सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मोरङको सुन्दर हरैचा नगरपालिका-१ स्थित स्वचालित वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको छ ।

र, थप वर्षा हुने सम्भावना देखिएकाले स्थानीय लोहन्द्रा सिंघिया लगायत अन्य स–साना खोलाहरुमा खतरा तहको बाढी आउने र जलसतह तोकिएको भन्दा बढी हुने भएको आजा साँझसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

बंगालको खाडीबाट प्रवेश गरेको उच्च जलवास्पयुक्त हावा र स्थानीय हावाको प्रभावले बुधबार र बिहीबार देशव्यापीरुपमा वर्षा हुने देखिएको हो ।

मनसुनको न्यनू चापीय रेखा नेपालको दक्षिणी भूभागमा सक्रिय हुनाले भारी वर्षा हुने सम्भावना देखिएको महाशाखाको भनाइ छ ।

त्यस्तै, बागमतीको पँधेरा दोभान बाढी मापन केन्द्रमा बुधबार विहान १०ः ३० बजे जलसतह सतर्कता तह पुगेको र बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका तटीय क्षेत्रमा हुनेहरु आज बेलुकासम्म सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।


क्लिकमान्डु