लाभांशको आश गरेर बसेका लगानीकर्तालाई शिखर इन्स्योरेन्सले हकप्रद दिने



काठमाडौं । लाभांशको पर्खामा रहेका लगानीकर्तालाई शिखर इन्स्योरेन्सले हकप्रद सेयर दिने भएको छ ।

इन्स्योरेन्सको साउन २८ गते बस्ने १४ औं साधारण सभामा चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव लैजाने भएको छ ।

साधारण सभामा इन्स्योेरेन्सले बीमा कम्वनी गाभ्ने, गाभिने वा प्राप्तिका लागि समझदारी पत्र तर्जमा गर्ने, अन्य प्रकृया पुरा गरी सो मा हस्ताक्षर गर्ने प्रस्ताव लैजाने जनाएको छ ।

साधारण सभाको लागि भन्दै इन्स्योरेन्सले साउन १५ गतेदेखि साधारण सभा सम्पन्न नभएसम्मको लागि बुक क्लोज गर्ने जनाएको छ ।


क्लिकमान्डु